साना दलका साँसदले पेन्सन सुबिधा माग्न थाले

sambidhan-sava
संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् ।
विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका सांसदलाई पेन्सन सुविधा दिइनुपर्ने माग गरी संशोधन दर्ता भएको हो । विधेयकमा संशोधन दर्ता गर्ने क्रम बिहीबार सकिँदैछ तर ठूला दल आबद्ध सांसदहरूले भने पदाधिकारी वा सदस्यको मृत्युपछि पाउने सुविधा आर्थिक रूपमा कमजोर परिवारलाई मात्र दिनुपर्ने माग गर्दै संशोधन दर्ता गरेका छन् । संशोधन दर्ताको प्रक्रिया सकिएपछि विधेयक पुनः संसद्मा पेस हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ।
विचाराधीन विधेयकको सुविधासम्बन्धी अनुसूचीमा सुविधा थप गरी पेन्सन सुविधा थप गर्न माग गरिएको छ । पेन्सनको सुविधा माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिककी सीमाकुमारी विकले संशोधन दर्ता गरेकी छन्।
उनले अनुसूचीमा रहेको सुविधामा संविधान जारी गर्ने सदस्यहरूलाई पेन्सनको सुविधा माग गरेकी हुन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी