अख्तियारका चार आयुक्तका बिरुद्ध उजुरी, पद धरापमा

ciaa-akhtiyar-840x405
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेको बेला अन्य चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट निवेदनमा अख्तायारका चार आयुक्तहरू दीपकुमार बस्न्यात, डा. सावित्री थापा गुरूङ, गणेशराज जोशी र नविनकुमार घिमिरेको आयुक्त हुनका लागि योग्यता नपुगेको दाबी गरिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) म अख्तियारका आयुक्त हुनका लागि लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष काम गरी अनुभव वा ख्याती कमाएको हुनुपर्ने स्पष्ट गरिएको छ।
रिट निवेदनमा ती चार जना आयुक्तमध्ये कसैको पनि ती विषयमा अनुभव वा ख्याती नभएको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ