दीपिका पादुकोणका ५ रोचक ‘लभ अफेयर’
एजेन्सी/ दीपिका पादुकोण बलिउडको सुपरस्टार ग्ल्यामर्स अभिनेत्री हुन् । उनी मोडलिङ क्यारिएरबाट बलिउड फिल्मीक्षेत्रमा प्रवेश गरेकी थिइन् ।
दीपिका शाहरुख खानको फ्यान हुन् । उनको बलिउड फिल्मी यात्रा साहरुख खानसँगको ‘ओमशान्ति ओम’ फिल्मबाट शुरू भएको थियो ।
बलिउड हिरोइन प्रियंकाजस्तै दीपिका पनि हलिउड फिल्ममा विस्तारै पाइला टेक्दै छिन् । दीपिकामा बलिउडमा चर्चित हुनुका कारण उनको आफ्नै मेहनत र नियमित लगनशील भएर काम गर्नु नै हो । कठीन परिस्थितिमा पनि निराश नहुने हिरोइनका रुपमा दीपिका चिनिन्छिन् ।
उनको व्यक्तिगत जीवनमा रहेको ५ लभ अफेयरका बारेमा जान्नुस् ।
दीपिका हिन्दी गायक हिमेश रेशमियाको संगीत भिडियो ‘नाम है तेरा’ नामक गीतमा अभिनय गरेर बलिउड जगतमा प्रवेश गरेकी थिइन् । दीपिकालाई ‘एफएचएम’ नामक संस्थाले ‘सेक्सीयट् वुमन’ र ‘द वल्र्ड’ र ‘मेक्सिम’ ले ‘द हटेस्ट’ गर्लको उपाधि दिएका थिए ।
अभिनयको साथसाथै दीपिका स्पोर्टसमा पनि रुचि राख्छिन् । उनी एक कुशल ब्याडमेन्टिन खेलाडी समेत हुन् । उनको पिता नेशनल ब्याडमिन्टन खेलाडी थिए । उनले बेसबलका मार्फत राज्यस्तरीय प्रतियोगितामा समेत सहभागिता जनाएकी छिन् । इण्डिया टुडेको ५० औं टप ब्यक्तिको लिस्टमा दीपिका ७ औं स्थानमा रहेकी थिइन् । उनको यस स्थानलाई २ सय ७२ करोडको मूल्यसँग तुलना गरेका थिए ।
बलिउड फिल्ममा आउनुअघि उनको निहार पन्डया नामक युवकसँग रोमान्स रहेको थियो । दुबैले केही हट फोटोसुट समेत गरेका थिए । तर यी दुबैको सम्बन्ध भने धेरैदिनसम्म टिक्न सकेनन् ।
दीपिकाको नाम भारतीय क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो । युवराजसिंह र दीपिका दुबैले सँगै बस्नको लागि घर समेत खोजिरहेको खबर बाहिर आएका थिए ।
बलिउड फिल्मीक्षेत्रमा प्रवेश गरेपछि उनी बलिउड स्टार रणवीर कपूरसँग अफेयर्स चलेको थियो । एकचोटी करण जौहरको ‘कफी विथ करण’ कार्यक्रममा रणवीर कपूरलाई के गिफ्ट दिन चाहनुहुन्छ भनेर करणले सोधेको प्रश्नमा दीपिकाले कण्डम गिफ्ट दिन चाहन्छु भनेर जवाफ दिएकी थिइन् । दीपिकाको यस जवाफ सुनेर रणवीर कपूरका पिता ऋषि कपूर निकै रिसाएका थिए ।
बलिउडका बेस्ट जोडीका रुपमा मानिएका दीपिका र रणवीर कपूरको सम्बन्ध पछि आएर टुटेको थियो । त्यसपछि दीपिका सिद्धार्थ माल्या नाम गरेका युवकसँग सार्वजनिक कार्यक्रममा सँगसँगै देख्न थालिन् । सिद्धार्थले पनि दीपिकाको आग्रह मानेर शरीरको तौल समेत घटाएको प्रसंग चर्चित छ । सिद्धार्थसँग पनि दीपिकाको सम्बन्ध धेरैदिन रहन सकेन । हाल दीपिका रणवीर सिंहसँगको अफेयर्समा छिन् ।