पत्नीले प्रेमीसँग विहे गर्न चाहन्छु भनेपछि………

jodiएजेन्सी । केही वर्षपहिले शाहरुख खान र काजोल अभिनित एक फिल्म आएको थियो – दिलवाले दुल्हनिया ले जाएंगे’ जो हिट भएको र त्यसमा सिमरनको भुमिका निभाउने काजोलका पिता बनेका अमरेश पुरीको डाइलग थियो – ‘जा सिमरन जी ले अपनी जिन्दगी…।’

ठिक यसै फिल्मको जस्तैगरी भारतको पटनामा एक पतिले प्रेमीसँग रहन चाहन्छु भन्ने आफ्नी पत्नीलाई प्रेमीसँग विहे गर्ने अनुमति मात्रै दिएनन्, बाँकी जीवनको शुभकामना पनि दिए ।

केही दिनपहिले पतिसँग हनिमून मनाउन गइरहेकी युवती जो चल्दै गरेको रेलबाट सुतिरहेका पतिलाई छाडेर प्रेमीसँग भागेकी थिइन् जो अहिले फर्केर पटना आएर आफूलाई पति मनपरेको स्पष्ट पारेकी छन् । उनको विहे जबरजस्ती गराइएको थियो र अब उनी प्रेमीसँगै बस्न चाहन्छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रेमीसँग फर्किएकी रञ्जीता नामकी ती युवतीले मंगलबार रेल एसपीलाई भेटेर उनी आफ्नो पति होइन् प्रेमीसँग बस्न चाहेको बताइन् । उनले रेल एसपी जितेन्द्र मिश्रलाई भनिन् कि म आफ्नो प्रेमीसँग बस्दा धेरै खुसी छु । उनले प्रेमीको बारेमा बताउँदै उसले कुनै गलत नगरेको म आफै भागेको बताइन् ।

पतिसँग खुसी नभएकै कारण आफूले सिलगुढी जानेक्रममा रेलमै पतिलाई छाडेर बेगुसराय ओर्लिएर प्रेमीसँग पहिला उत्तर प्रदेश र जम्मू कश्मिर गएको र त्यहाँ केही दिन विताएर कोलकत्ता हुँदै पटना फर्किएको उनले बताइन् । अब म पटनामा प्रेमीसँगै बस्न चाहन्छु –उनले भनिन् ।

रञ्जीताले बताइन कि उनी आफ्नो पतिसँग विहे गर्न चाँहेकी थिइनन् । उनले विहे गर्न नमान्दा घरमा रडाको मच्चियो । आमाबुवाको दबाबमा उनले पटनामा सन् २०१३ मा विहे गरेकी थिइन् । विहेपछि तीन वर्षभन्दा बढी समय वित्यो । तर, दुबै पतिपत्नीबीच कुनै सम्बन्ध बनेन् । विहेपछि रञ्जीता पतिसँग जान अस्वीकार गर्थिन् । पहिला पढाईको बहाना पछि परिवार र विरामी भएको जस्ता बहाना बनाएर उनी पतिसँग कहिल्यै गइनन् । जब पति कहिले छुट्टीमा घर आउथे तब रञ्जीता बहाना बनाएर माइत जान्थिन् । यसबाट आजित भएका पतिले हनिमूनको प्लान बनाएर रञ्जीतासँग दार्जिलिंग गइरहेका थिए । तर, बीच बाटोमै रञ्जीताले उनलाई छाडेर गइन् ।

त्यसपछि रञ्जीता कोलकतामा भेटिइन् । पतिले रञ्जीतालाई नयाँ जीवनको बधाई दिए । रञ्जीताले पनि पतिलाई नयाँ जिन्दगी सुरु गर्न सुझाव दिइन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’