स्थानिय तह निर्धारण गर्ने अन्तिम कसरतमा दलहरु

parbat-map

पर्वत/धेरै दिन देखिका छलफल र बैठक बिना निष्कर्ष टुंगिएपछि पर्वतका जनप्रतिनिधी र राजनैतिक दलका नेताहरु स्थानिय निर्धारण गर्नका लागि अन्तिम कसरतमा लागेका छन ।
चार दिन देखि निर्णायक छलफलमा बसेका दलहरुले बुधबार जुनसुकै हालतमा पनि सहमति कायम गर्ने भन्दै निर्णायक छलफलमा जुटेका हुन ।
नेपाली कांग्रेस, नेकपा(एमाले र नेकपा माओबादी केन्द्र र जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरु सहितको मंगलबार बसेको बैठक साना दलले बिथोलेपछि सहमतिको प्रयास स्वरुप साना दललाई समेत राखेर निर्णायक छलफल चलिरहेको छ। बुधबार अबेर सम्म भएपनि सहमतिको प्रयास भैरहेको जिल्ला प्राबिधीक समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी युबराज पौडेलले जानकारी दिए । ‘आज अबेर सम्म बसेर भएपनि सहमति कायम गर्छौ’ उनले भने ।
छलफलमा ब्यबस्थापिका संसदका सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाई सहित सबै दलका २– २ जना प्रतिनिधीहरु बैठकमा सहभागि छन । बैठकमा सहमतिको प्रयास निष्कर्षमा नपुगेको भन्दै अर्जुनप्रसाद जोशीले आठ वटा प्रस्ताबमा सहमति भएमा आफुँ आउने भन्दै बैठकबाट बाहिरीएका छन ।
जिल्लामा राजनैतिक दल र ब्यबस्थापिका संसदका सदस्यहरुका बिचमा संख्या र भूगोलका बिषयमा सहमति कायम हुन सकेको छैन । नेपाली कांग्रेस आठ वटा स्थानिय तह बनाउने अडानमा छ भने नेकपा(एमाले)को मुख्य नेतृत्व आयोगले तोके अनुसार नै सात वटा बनाउने अडानमा कायम छ । नेकपा माओबादी केन्द्र पनि सात वटा बनाउने अडानमा नै छ । नयाँ शक्ति नेपालले कुस्मा नगरपालिकालाई समेत टुक्रयाएर आठ वटा स्थानिय तह बनाउन प्रस्ताब गरेको छ । दलहरु आफ्ना अडानबाट तल माथि नभएका कारण सहमति हुन नसकेको जिल्ला प्राबिधीक समितिका एक सदस्यले जानकारी दिए । ‘दलहरु आफुँले चुनाब जित्ने भूगोलका आधारमा मात्रै स्थानिय तह सिफारिस गर्ने अडानमा बस्दा सहमति भएन’ तीन सदस्यले भने –‘जनतालाई केन्द्रमा राख्नु भन्दा चुनाबलाई केन्द्रमा राखेर अडानमा बस्ने काम भयो’
समाप्त मंसिर १

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’