तेक्वान्दोको ‘स्टार खेलाडी’ छनौट गरिने
पर्वत /पर्वत जिल्लामा तेक्वान्दो खेलमा बिजयी खेलाडीलाई जिल्लाकै उत्कृष्ट खेलाडीलाई रुपमा ‘पर्वत तेक्वान्दो स्टार’ छनौट गरिने भएको छ।
राष्ट्रिय तेक्वान्दो संघ पर्वतले मंसिर ३ र ४ गते दुई दिने प्रतियोगिता सञ्चालन गरि जिल्लाकै उत्कृष्ट तेक्वान्दो खेलाडी छनौट गर्न लागेको हो ।
खेलकुदका प्रतियोगिताहरुमा बिजय हुने खेलाडीलाई पुरस्कृत गरिदै आएकोमा पर्वतमा नौलो प्रयोगको रुपमा बिजयी खेलाडीलाई जिल्लाकै तेक्वान्दो स्टार घोषणा गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सबैभन्दा उत्कृष्ट बन्ने एक जनाले जिल्लाको स्टार बन्ने मौका पाउने राष्ट्रिय तेक्वान्दो संघ पर्वतका अध्यक्ष कमल थापाले जानकारी दिए ।‘हामीले बर्षका उत्कृष्ट तेक्वान्दो खेलाडी घोषणा गर्ने नौलो अभ्यास गर्न लागेका छौ’ उनले भने ‘स्टार खेलाडीलाई पुरस्कार र बिभिन्न उपहारहरुले सम्मानित गरिनेछ’
पर्वत जिल्लाभरका बिभिन्न तौल समुहमा गरि १ सय खेलाडीहरुले प्रतियोगितामा प्रतियोगितामा भाग लिने संघले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने ‘तेक्वान्दो स्टार’हरुलाई नगद १० हजार तथा डे«स, ट्रफी तथा एक दिनका लागि पोखराको सुबिधा सम्पन्न रिर्सोटमा खाना बस्नको समेत सुबिधा दिइने भएको छ।
प्रतियोगिामा अन्य तौल समुहका बिजेताहरुलाई भने ५ हजार नगद सहित ट्रफी, पोशाक लगायतका आकर्षक उपहारहरुको ब्यबस्था गरिएको संघका पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष मदन गुरुङ्गले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि कोरियामा रहेका नेपाली, तथा स्थानिय संघसंस्था र ब्याबसायीहरुले सहयोग गरेका छन ।
समाप्त मंसिर १