कालीगण्डकी नदीमा जलयात्रा गर्न बिदेशी पर्यटक ओइरिए

tourest-2

पर्वत/नेपाल घुमेर सिंगापुर फर्किएका साथीले ¥याफ्टिङको रमाइलो अनुभव सुनाउँदा सिंगापुरका निक्लस होलाई पनि नेपाल घुम्न जाने रहर जाग्यो । नेपाल आएको एक सातापछि आइतबार कालीगण्डकी नदीको ¥याफ्टिङमा निस्किएका उनी पहिलो दिनको यात्रामा उत्साहित थिए ।
पोखराको यल्लो स्वीसा कम्पनीमार्फत कालीगण्डकी नदीको ७५ किलोमिटर ¥याफ्टिङ यात्रामा निस्किएका निक्लसले आफुलाई पहिलो दिनको यात्राले साथीले सुनाएभन्दा पनि उत्साहित बनाएको बताए । ‘सुन्दर दृश्य र आकर्षक कालीगण्डकी नदीले तीन दिनको यात्रा अझै केही दिन लम्ब्याउन पाए हुनेजस्तो बनाएको छ’ पत्नीसहित ¥याफ्टिङमा निस्किएका निक्लसले भने ।
इजरायलका असाफ अलोनीले नेपालको भ्रमणपछि फर्किएका धेरै साथीहरु नेपालको ¥याफ्टिङको मज्जा सुनाउने गरेकोले आफु ¥याफ्टिङलाई प्राथमिकता दिएर नेपाल घुम्न आएको बताए । पर्वतको नयाँपुलदेखि मोदीबेनीसम्म पहिलो दिनको ¥याफ्टिङ पुरा गरेका असाफले प्राकृतिक सुन्दरतासँगै ¥याफ्टिङ यात्राले खुशी बनाएको बताए ।
‘¥याफ्टिङको यात्रा मेरो पहिलो हो, तर कालीगण्डकी नदी र वरपरको प्राकृतिक सुन्दरताले फेरी पनि ¥याफ्टिङमा आउने सोच बन्यो’ उनले भने । उनले नेपाल घुमेर फर्केका साथीले आफुलाई बताएजस्तै नेपाल घुम्न नआएका साथीलाई ¥याफ्टिङ यात्राका बारेमा जानकारी दिने बताए । tourest-jpg-3
इजरायलकै लियाड तइमिरको पनि ¥याफ्टिङ यात्रा जिवनकै पहिलो हो । ‘मैले ¥याफ्टिङमा रमाइलो हुन्छ भन्ने सुनेकी थिए तर प्रत्यक्ष अनुभव लिनपाउदा निकै खुशी भएको छु’ उनले भनिन् । इजरायलकै सफर कउफमनले ¥याफ्टिङमा रमाइलोसँगै बढि जोखिम हुन्छ भनेर सुनेपनि जोखिमभन्दा आफुलाई बढी मनोरञ्जन प्राप्त भएको बताइन् । ‘मैले आफुलाई निकै भाग्यमानी मानेकी छु, जहाँ नेपालको यति रमाइलो ठाउँमा आएर मनोरञ्जन लिन पाए’ कालीगण्डकी नदीमा ¥याफ्टिङका क्रममा सफर कउफमनले भनिन् ।
इजरायलका असाफ अलोनी, लियाड तइमिर, सफर कउफमन र सिंगापुरका निक्लस हो मात्रै होइन कालीगण्डकी नदीमा ¥याफ्टिङमा आउने अधिकांश बिदेशी पर्यटक सोचेभन्दा बढी खुशी भएर फर्कने गरेका छन् । नेपालमा कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी लगायतका नदीमा ¥याफ्टिङ ब्यवसाय फस्टाएपनि ¥याफ्टिङका लागि कालीगण्डकी नदीमा बिदेशी पर्यटक बढी सन्तुष्टि मिलेको बताउने गरेको विगत २५ बर्षदेखि ¥याफ्टिङ ब्यवसायमा संलग्न रत्नबहादुर लामाले बताए ।
‘कालीगण्डकी नदीमा ¥याफ्टिङ गरेपछि आफुले तिरेको पैसाभन्दा बढी रमाइलो ग¥यौ भनेर बिदेशी पर्यटक नै खुशी हुने गरेका छन्’ लामाले भने । ¥याफ्टिङ गाइड होमबहादुर पुनले बर्षापछिको यो सिजनमा अहिलेसम्मकै बढी बिदेशी पर्यटक कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि आएको बताए । उनी गाइड रहेको यल्लो स्वीसा कम्पनीले यो सिजनमा मात्रै साढे दुई सय बिदेशी पर्यटकलाई कालीगण्डकी नदीमा ¥याफ्टिङ गराइसकेको छ ।
त्यस्तै रेड स्वीसाले तीन सय बिदेशी पर्यटकलाई यो सिजनमा कालीगण्डकीमा ¥याफ्टिङ गराएको छ । ‘अघिल्ला बर्षभन्दा यो बर्षको अहिलेको सिजनमा दोब्बर पर्यटक ¥याफ्टिङमा आइसकेका छन’ यल्लो स्वीसा कम्पनीका गाइड होमबहादुर पुनले भने ।
कालीगण्डकी नदीमा असोज पहिलो हप्तादेखि कार्तिक मसान्तसम्म र फागुन दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म ¥याफ्टिङ सञ्चालन हुने गर्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानी पर्यटक आकर्षित हुने प्रमुख बिशेषता हुन ।
कालीगण्डकी नदीमा ¥याफ्टिङ आउनेमध्ये झण्डै ४० प्रतिशत इजरायली पर्यटक रहने गरेका छन् । ¥याफ्टिङका लागि फ्रान्स, स्पेन, सिंगापुर, चीन, अमेरिका, बेलायत, पाकिस्तान, रसिया, इटली, टर्की, स्वीडेन, बेलारुस, चिली, भेनेजुएला लगायत मुलुकका नागरिक कालीगण्डकी नदीमा आउने गरेका छन् ।
कालीगण्डकी नदीमा हुने तीन दिने ¥याफ्टिङ यात्रा मध्ये पहिलो दिन कम्पनीले पर्वतको नयाँ पुलबाट यात्रा सुरु गरी बागलुङ र पर्वतको संगमस्थलमा पर्ने मोदीबेनीसम्म पु¥याएर बास बसाल्ने गर्छन । दोस्रो दिन पर्वतको रानीपानीमा पर्ने पुर्तिघाट र तेस्रो दिन मिर्मिसम्म पु¥याएर प्याकेज टुंग्याउने गाइड ज्ञानु तिवारीले जानकारी दिए ।
कालीगण्डकी नदीमा पोखरा र काठमाडौमा रहेका झण्डै दर्जन कम्पनीले ब्यावसायिक रुपमा ¥याफ्टिङ गराउदै आएका छन् । यो सिजनको सुरुमै ¥याफ्टिङका लागि बिदेशी पर्यटक ओइरिदा ब्यावसायी पनि उत्साहित छन् । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बन्दा त्यहाँ अहिले सञ्चालनमा रहेको प्याराग्लाइडिङ, अल्ट्रसाउड बन्द हुने हुदा पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदी ¥याफ्टिङका लागि अझै महत्वपूर्ण बन्ने ¥याफ्टिङ ब्यावसायी बताउने गरेका छन् ।tourest
पर्वतमा ¥याफ्टिङसँगै प्याराग्लाइडिङको समेत राम्रो सम्भावना रहेको छ । विभिन्न कम्पनीले सदरमुकाममाथि रहेको दुर्लुङबाट सफल रुपमा प्याराग्लाइडिङ परिक्षण गरिसकेका छन् । त्यस्तै २०७४ सालको मध्यतिर पर्वतमा बिश्वकै दोस्रो अग्लो साहासिक बन्जीजम्प समेत निर्माण हुने भएको छ । पर्वतमा नेपालकै अग्ला झोलुङ्गे पुल, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफा, बिश्वकै ठुलो शालग्राम, पञ्चासे ताल, डहरेको लेक लगायत उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्र समेत छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी