तरुणदलको नेतृत्व सर्वसम्मत चयन, पर्वतका बिद्वान गुरुङ्ग कोषाध्यक्ष

15027366_1005957919527768_6063048149470616118_n
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। पोखरामा आयोजित तरुण दलको चौंथो महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । सर्वसम्मत नेतृत्व चयन हुने क्रममा पर्वतका कांग्रेसका युवा नेता बिद्वान गुरुङ्ग कोषाध्यक्षमा निर्बीरोध निर्वाचित भएका छन ।

सर्बसम्मत चयन भएको नेतृत्वमा उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही रहेका छन । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका हुन् ।

jitjang-bhupendra-and-bidwan
कोषाध्यक्ष गुरुङ्ग पर्वतका कांग्रेसका युवा नेता हुन । नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी समेत हुन । देउवा समुहबाट अध्यक्षको समेत दाबी गर्दै आएका गुरुङ्ग कोषाध्यक्षमा सर्वसम्मत भएका छन । उनी पर्वत जेसिज, पर्वत यातयात ब्याबसायी समिति तथा लायन्स क्लबहरुमा समेत सक्रिय छन ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो