चारवटा ट्रक र बस एकापसमा ठोक्किँदा १८ जना घाइते

नवलपरासी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।  सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको  चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ ।

रासस

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना