चारदिने सुत्केरीको सडकपेटीबाट उद्धार

रत्ननगर (चितवन) । चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ ।

प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो । चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा राति उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले मङ्गलबार जानकारी दिइन् ।

“यात्रु प्रतिक्षालयमा ओढ्ने कपडा पनि नभएको, झुल ओढेर सुतिरहेको अवस्थामा भेटियो, आश्रमका अभियन्ता रञ्जु लामिछानेले भनिन्, “कष्टकर देखेपछि उद्धार गरेर ल्याएका हौँ ।” अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको आश्रमले जनाएको छ ।

परिवारको लाचारीपनले निर्दोष शिशुको लामखुट्टेले टोकिरहेको साहै्र दयनीय अवस्थामा भेटियो, उद्धारकर्ता मानवसेवा आश्रमका अभिभावक केशव अधिकारीले भने ।

चार दिनकी सुत्केरी अस्मिताले आफूलाई श्रीमान्ले अर्को बिहे गरेपछि छाडेको बताइन् । उनका अनुसार कवाड खोजेर दैनिक जोहो गर्दै आएकी थिइन् । चारदिनअघि भरतपुर अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि सडकपेटीमा आएर बस्न थालेको उनको भनाइ छ ।

उद्धार कार्यमा संलग्न अभियन्ता राजगोपाल श्रेष्ठले चिसो मौसममा सडकपेटीमा कष्टकर अवस्थामा झुलमा बेरिएर सुतिरहेको देखेपछि उद्धार गरिएको बताउनुभयो । सुरुमा आउन नमानेको तर अलि राम्रो भएपछि फेरि ल्याइदिउँला भनेर उद्धार गरिएको श्रेष्ठले बताए ।

चितवनमा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवाअन्तर्गत केही दिन अघि मात्रै एक गर्भवतीको पनि सडकपेटीबाटै उद्धार गरिएको थियो । यसरी उद्धार गरिएका चारजना गर्भवतीले आश्रममै बच्चा जन्माइसकेका छन् ।

भरतपुरमा रहेको आश्रमले सडकमा आश्रित हुन बाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार पनि उपचार गरेर स्वस्थ बनाई परिवारमा मिलन गराउँदै आएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना