परराष्ट्रका कर्मचारीले नै छात्रबृत्ति गायब पारेपछि …

नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन्।
केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबिबिएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले विद्यार्थीको नाम मनोनयन गरी पठायो पनि । तर, तीमध्ये दुई विद्यार्थी अहिले अलपत्र परेका छन् । अध्ययनका लागि लाखौँ खर्च लाग्ने एमबिबिएस, इन्जिनियरिङ विषयको छात्रवृत्तिमा यस्तै समस्या हुने गरेको छ ।
शिक्षा मन्त्रालयका अधिकारीका अनुसार छात्रवृत्ति प्राप्त गरे पनि आफूहरूको सीधा सम्पर्क नहुने र त्यसको सबै काम परराष्ट्र मन्त्रालयमार्फत हुने भएकाले समस्या हुने गरेको छ । ‘नेपाललाई दिएको छात्रवृत्तिमा शिक्षा मन्त्रालयले छनोट गरेर पठाउने र दूतावासका अधिकारीले त्यसमा आफ्ना मान्छेसमेत हाल्ने गरेको पाइन्छ,’ मन्त्रालय स्रोतले भन्यो । सरकारलाई आएका छात्रवृत्तिमा प्रत्येक वर्ष कुनै न कुनै देशमा यस्तै समस्या हुने गरेको छ । इजिप्ट, श्रीलंकालगायतका देशमा यसअघि पनि यस्ता समस्या आएका थिए ।
यी हुन् अलपत्र विद्यार्थी
शिक्षा मन्त्रालयले इजिप्टमा एमबिबिएस अध्ययनका लागि रमेशकुमार जोशी, विपिनकुमार पौडेल, रामवरण राउत, शिवानी सत्यम र इन्दिलाकुमारी यादवलाई छनोट गरी पठाएको थियो । तीमध्ये राउत र यादवले इजिप्टमा भर्ना पाएका छैनन्। यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।
इजिप्टस्थित नेपाली दूतावासमा बुझ्दा राउतलाई बिडिएस पढ्न दिने र यादवलाई ‘रिजेक्ट’ नै गरेको विद्यार्थीको गुनासो छ । स्रोतका अनुसार विदेशस्थित नेपाली दूतावासका कारण कतिपय छात्रवृत्ति हराउने गरेका छन् । छात्रवृत्तिका लागि छनोटमा परेर पनि इजिप्ट जान नपाएका यादव नेपालस्थित इजिप्टको दूतावास पुगे । तर, दूतावासले उनको छात्रवृत्तिबारे आफूलाई थाहा नभएको जानकारी दिएको यादवले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका