स्थानिय तह टुंगोमा पुर्याउने प्रयास पनि बिफल साना दलको आपत्ति पछि बैठक स्थगित
पर्वत/पर्वत जिल्लामा स्थानिय तह सिफारिस गर्न तीन ठुला दल र सभासद बसेर टुंगोमा पु¥याउने अन्तिम प्रयास थालिएको प्रयास पनि बिफल भएको छ।
तीन तीन देखि जारी निर्णायक छलफल टुंगोमा पुग्न नसेपछि नेपाली कांग्रेस, नेकपा(एमाले र नेकपा माओबादी केन्द्र र जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरु सहितको बैठक साना दलले बिथोलेपछि सहमतिको प्रयास बिफल भएको हो ।
ब्यबस्थापिका संसदका सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाइर्ए सहितको बैठकले अन्तिम टुंगोमा पु¥याउने प्रयास भैरहेका समयमा साना दलले आफुँहरुलाई सहभागी नबनाएको भन्दै अबरोध गरेका थिए ।
जिल्लाका जनप्रतिनिधी सहित तीन ठुला राजनैतिक दल सहितको बैठक चलिरहेको समयमा पुगेका छ वटा साना राजनैतिक दलले आफुँहरुलाई बाहिर राखेर निर्णय गर्न नदिने भन्दै बिरोध जनाएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ। साना दललाई राखेर बुधबार निर्णायक छलफल हुने भएको छ।
जिल्ला कृषि बिकास कार्यालयको हलमा चलिरहेको बैठकमा पुगेका राप्रपा नेपाल, राप्रपा, नयाँशक्ति नेपाल, नेकपा माले, नेकपा माओबादी क्रान्तिकारी, जनमुक्ति पार्टीलका नेताहरुले आपत्ती जनाएका थिए । जिल्ला प्राबिधीक समितिले साना दललाई उपेक्षा गरेको नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य केशब कुवँरले जानकारी दिए । जनताको प्रतिनिधित्व गर्ने दललाई बाहिर राखेर केही ठुला दल र नेताहरु मात्रै बसेर हुने सहमति अमान्य हुने राप्रपा पर्वतका सचिब इश्वर गिरीले बताए ।
जिल्ला प्राबिधीक समिति पर्वतको आयोजनामा जिल्ला कृषि बिकास कार्यालयको हलमा भैरहेको बैठकमा साना दललाई भने सहभागि गराइएको थिएन ।
राजनैतिक दल र ब्यबस्थापिका संसदका सदस्यहरुका बिचमा संख्या र भूगोलका बिषयमा सहमति कायम हुन सकेको छैन । नेपाली कांग्रेस आठ वटा स्थानिय तह बनाउने अडानमा छ भने नेकपा(एमाले)को मुख्य नेतृत्व आयोगले तोके अनुसार नै सात वटा बनाउन माग गरेको छ । नेकपा माओबादी केन्द्र भने आठ वटा बनाउने कुरामा अठानमा छन । नयाँ शक्ति नेपालले कुस्मा नगरपालिकालाई समेत टुक्रयाएर आठ वटा स्थानिय तह बनाउन प्रस्ताब गरेको छ । दलहरु आफ्ना अडानबाट तल माथि नभएका कारण सहमति हुन नसकेको जिल्ला प्राबिधीक समितिका एक सदस्यले जानकारी दिए । ‘दलहरु आफुँले चुनाब जित्ने भूगोलका आधारमा मात्रै स्थानिय तह सिफारिस गर्ने अडानमा बस्दा सहमति भएन’ तीन सदस्यले भने –‘जनतालाई केन्द्रमा राख्नु भन्दा चुनाबलाई केन्द्रमा राखेर अडानमा बस्ने काम भयो’
तर छलफल चलिरहेको तर अब त्यसलाई निष्र्कषमा पु¥याउने प्रयास भैरहेको ब्यबस्थापिका संसदका सदस्य बिकास लम्सालले बताए । ‘भूगोल र सार्माथ्यका आधारमा सर्वदलीय सहमति गरेरै स्थानिय तह सिफारिस गछौै’ उनले भने ।
सहमति कायम गर्ने क्रममा कुस्मा उत्तरी क्षेत्रमा कुस्मा नगरपालिका सहित तीन वटा बनाउने तथा दक्षिणमा चार वटा बनाउने कुरामा धेरै असहमति भने छैन । तर उत्तरी क्षेत्रमा पर्ने आर्थर देखि मध्य दक्षिणमा पर्ने फलामखानी क्षेत्रलाई थप एउटा गाउँपालिका दिने संभावनामा दलका बिचमा सहमति हुने संभावना रहेको छ। कार्यदलले राजनैतिक दल सहित यस अघि नै सात वटा स्थानिय तह सिफारिस गरिएको थियो । तर उक्त सिफारिसमा धेरै क्षेत्रबाट असहमति गरिएको थियो ।
समाप्त कार्तिक ३०