मकाउलाई १ – ० अन्तरले हराउँदै एएफसी सोलिडारीटी कपको उपाधी नेपाललाई

nepal-3मकाउलाई १ – ० अन्तरले हराउँदै

कठमाडौं, ३० कात्तिक – मलेसियामा भएको सोलीडारीटी कपको उपाधी नेपालले जितेको छ । मकाउलाई १ – ० अन्तरले हराउँदै नेपालले सोलीडारीटी कपको उपाधि जितेको हो । नेपालले पहिलो पटक एएफसीको उपाधी उचाल्ने मौका पाएको हो ।
खेलको पहिलो हाफमा नेपालका सुजल श्रेष्ठले टाउले गरेको गोलनै निर्णायक बन्न पुग्यो । भरत खवासले दिएको पासलाई टाउकोले गोलपोष्टमा पु–याएका उनी पहिलो हाफमै गोल गर्न सफल भएका थिए ।
नेपालले मकाउलाई सुरुवात देखिनै दवावमा राखेको थियो । नेपाले धेरै पटक गोल हान्ने प्रयास गर्दा मकाउले त्यही मौका पनि पाएन । खेल अबधिभर नेपाल थोरै मात्रै गल्ति गरेको छ भने मकाउले पटक पटक गल्ती ग–यो ।
नेपाल र मकाउबीच भएको यो छैठौं खेल हो । नेपालले ६ खेल मध्ये मंगलवार सहित चार खेल जितेको छ भने मकाउले एक मात्रै खेल जितेको छ । एउटा खेल बराबरीमा टुंगिएको थियो । नेपालले यही वर्ष विश्वकप छनौट खेलमा मकाउसँग जापानमा हार बेहोरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज