तीन ठुला दल र सभासद बसेर स्थानिय तह टुंगोमा पुर्याउने अन्तिम प्रयास , साना दलको आपत्ती

15058658_935610423238858_1618605836_nपर्वत जिल्लामा स्थानिय तह सिफारिस गर्न तीन ठुला दल र सभासद बसेर टुंगोमा पुर्याउने अन्तिम प्रयास थालिएको छ।
तीन तीन देखि जारी निर्णायक छलफल टुंगोमा पुग्न नसेपछि नेपाली कांग्रेस, नेकपा(एमाले र नेकपा माओबादी केन्द्र र जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाइर्ए सहितको बैठकले अन्तिम टुंगोमा पु¥याउने प्रयास गरेको छ।
जिल्ला प्राबिधीक समिति पर्वतको आयोजनामा जिल्ला कृषि बिकास कार्यालयको हलमा भैरहेको बैठकमा साना दललाई भने सहभागि गराइएको छैन । साना दलले भने आफुँलाई बाहिर राखेर हुने निर्णय अमान्य हुने भन्दै आपक्ति जनाएका छन ।
राजनैतिक दल र ब्यबस्थापिका संसदका सदस्यहरुका बिचमा संख्या र भूगोलका बिषयमा सहमति कायम हुन सकेको छैन । नेपाली कांग्रेस आठ वटा स्थानिय तह बनाउने अडानमा छ भने नेकपा(एमाले)को मुख्य नेतृत्व आयोगले तोके अनुसार नै सात वटा बनाउन माग गरेको छ । नेकपा माओबादी केन्द्र भने आठ वटा बनाउने कुरामा अठानमा छन । नयाँ शक्ति नेपालले कुस्मा नगरपालिकालाई समेत टुक्रयाएर आठ वटा स्थानिय तह बनाउन प्रस्ताब गरेको छ । दलहरु आफ्ना अडानबाट तल माथि नभएका कारण सहमति हुन नसकेको जिल्ला प्राबिधीक समितिका एक सदस्यले जानकारी दिए । ‘दलहरु आफुँले चुनाब जित्ने भूगोलका आधारमा मात्रै स्थानिय तह सिफारिस गर्ने अडानमा बस्दा सहमति भएन’ तीन सदस्यले भने –‘जनतालाई केन्द्रमा राख्नु भन्दा चुनाबलाई केन्द्रमा राखेर अडानमा बस्ने काम भयो’
तर छलफल चलिरहेको तर अब त्यसलाई निष्र्कषमा पु¥याउने प्रयास भैरहेको ब्यबस्थापिका संसदका सदस्य बिकास लम्सालले बताए । ‘भूगोल र सार्माथ्यका आधारमा सर्वदलीय सहमति गरेरै स्थानिय तह सिफारिस गछौै’ उनले भने ।
सहमति कायम गर्ने क्रममा कुस्मा उत्तरी क्षेत्रमा कुस्मा नगरपालिका सहित तीन वटा बनाउने तथा दक्षिणमा चार वटा बनाउने कुरामा धेरै असहमति भने छैन । तर उत्तरी क्षेत्रमा पर्ने आर्थर देखि मध्य दक्षिणमा पर्ने फलामखानी क्षेत्रलाई थप एउटा गाउँपालिका दिने संभावनामा दलका बिचमा सहमति हुने संभावना रहेको छ। कार्यदलले राजनैतिक दल सहित यस अघि नै सात वटा स्थानिय तह सिफारिस गरिएको थियो । तर उक्त सिफारिसमा धेरै क्षेत्रबाट असहमति गरिएको थियो ।
साना दलको आपत्ती
जिल्लाको पुर्नसंरचना सम्बन्धी छलफलमा साना दललाई बाहिर राख्ने काम भएको भन्दै आपत्ती जनाएका छन । राप्रपा नेपाल, राप्रपा, नयाँशक्ति नेपाल, नेकपा माले, नेकपा माओबादी क्रान्तिकारी, जनमुक्ति पार्टीले आपत्ती जनाएका छन । जिल्ला प्राबिधीक समितिले साना दललाई उपेक्षा गरेको नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य केशब कुवँरले जानकारी दिए । यी दलहरुले बैठकस्थलमा पुगेर बिरोध जनाएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज