पर्वतमा तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

उनीहरु क्षेत्रीयस्तरको पुरस्कारका लागि छनौट भएका छन् । पुरस्कारको राशी नगद १०/१० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । कृषकहरुलाई प्रमखु जिल्ला अतिथी शम्भुप्रसाद मरासिनी र वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
यस्तै, ‘बढ्दैछ जलवायु परिवर्तन, खाद्य र कृषिमा अनुकूलन’ भन्ने शीर्षकको माविस्तरीय निवन्ध लेखन प्रतियोगितामा नमुना आवासिय मावि कक्षा ९ का सृष्टि शर्मा प्रथम, राष्ट्रिय बालशिक्षा सदनका कक्षा १० का सुजाता परियार द्वितिय, नारायण उमाविका कक्षा ११ का प्रमिला विश्वकर्मा तृतीय र आदर्श अङ्ग्रेजी आवासीय माविका कविता शर्माले सान्त्वना पुरस्कार पाएका छन् । उनीहरुले क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सो अवसरमा बोल्दै प्रजिअ मरासिनीले जलवायु परिवर्तनलाई ध्यानमा राखी खाद्य सुरक्षामा ध्यान दिनसके मात्र देशको अन्य विकासमा ध्यान दिन सकिने बताए । उनले कृषि उत्पादनबाट आत्मनिर्भर बनाउनेगरी कार्यक्रमहरुको तर्जुमा गर्नुपर्नेमा जोड दिए । – See more