बद्री पंगेनीले गीत गाउँदा दर्शकको आँखामा आँसु

badri-1
गोपिकृष्ण चापागाई । कार्तिक ३०, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । लाउ चेली सिन्धुर लाउ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो ।
स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयमले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पिणा र घरमा बुढा आमा बुबा एक्लै बस्दाको पिणालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो । साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएर पनि गए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतहरुमा छमछमी नँचाएका पनि थिए ।
badri-3
गायक बद्रीको साथमा अन्य थुप्रै राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतीको साथमा दर्शक नँचाएका थिए । गायक रमेशराज भट्टराई, दिपक खड्का, गायिका उमा गिरी, हाँस्य कलाकार दिपक थापाको पनि बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरु खुबै नाँचेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास