तरुण दलको अध्यक्षमा जितजंग बस्नेत सर्वसम्मत
काठमाडौं, ३० कात्तिक । नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत निर्वाचित भएका छन् ।
पोखरामा जारी चौंथो महाधिवेशनले सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) निकट बस्नेतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको नेपाल विद्यार्थी संघका नेता उत्तम साउदले जानकारी दिए ।
उनका अनुसार अन्य पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन् । पदाधिकारीको नाम पोखरा राष्ट्रिय सभागृहबाट केहीबेरमा विधान संशोधन गरी सार्वजनिक गरिदैछ ।
स्रोतका अनुसार तरुण दलमा भागवण्डा गरी सर्वसम्मत नेतृत्व चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्ष बस्नेत देउवा टिमका हुन् भने उपाध्यक्ष कृष्ण सिटौला पक्षलाई दिइएको छ । त्यसैगरी कोषाध्यक्ष खुमबहादुर खड्का र महासचिव पौडेल समूहलाई दिइएको छ ।
– See more at: http://www.dainiknepal.com/2016/11/193430.html#sthash.AiU50VpM.dpuf