मेसीले बार्सिलोना छाड्ने
अर्जे्न्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले बार्सिलोना क्लब छोड्ने भएका छन्। उनले क्याटलान क्लबसँग आफ्नो पुरानो सम्झौता नविकरण नगर्ने भएपछि विश्व फुटबलमै हलचल मच्चिएको छ। बार्सिलोनासँग मेसीको पुरानो अनुबन्धको सम्झौता ३० जुन सन् २०१८ सम्म छ।
स्पेनिस पत्रिका मार्काका अनुसार गत जुलाईमा इबिजामा परिवारसँग छुट्टि मनाएका मेसीले त्यतिबेला नै बार्सिलोना छोड्ने मन बनाएका थिए। यसका लागि उनले आफ्ना बुबालाई क्लबका अध्यक्ष जोसेफ मारिया बाटरेमेयुसँग कुराकानी गर्न अर्याएका थिए।
मेसी यस सिजनको अन्त्यसम्म क्लबमा रहने छन्। यसपछि उनले आफ्नो भविष्यको विषयमा निर्णय र्गे बताइएको छ। क्लबका अध्यक्ष जोसेफले मेसीलाई उनको निर्णयको विषयमा पुनःविचार गर्न भनेका छन्।
पत्रिकाका अनुसार जुलाईपछि मेसीको प्रतिनिधि र बार्सिलोनाका पदाधिकारीबीच कुनै गहन छलफल हुन पाएको छैन्। मेसी १३ वर्षको उमेरदेखि बार्सिलोनामा आवद्ध छन्। उनका लागि विश्वका थुप्रै महंगा क्लबले चासो राख्दै आइरहेका छन्।