नेपालमा पाँच सय हजारका भारु १५ अर्ब भएको अनुमान

नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल राष्ट्रबैंकको प्रारम्भिक अनुमान रहेको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
राष्ट्रबैंकको बिदेशी बिनिमय तथा अनुसन्धान बिभागका बहालवाला र अवकासप्राप्त कर्मचारीहरुले यस्तो अनुमान गरेका हुन् । उनीहरुका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने गरेकाले १० देखि १५ अर्व रुपैयाँसम्मका भारु ५०० र १००० का नोटहरु नेपाली बजारमा छन् ।

तर राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने यो आधिकारीक तथ्यांक नभएको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो