पर्वतमा स्थानिय तह टुंगोमा पुग्न सकेन, सहमति अनिश्चित
पर्वत/स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति सकिएपनि पर्वतमा भने सिफारिस अनिश्चित बनेको छ ।
जिल्ला प्राबिधीक समिति पर्वतको आयोजनामा आइतबार देखि शुरु भएको छलफल दलहरुका बिचमा सहमति कायम हुन नसकेपछि स्थानिय तह सिफारिस अनिश्चित बनेको हो ।
स्थानिय तह निर्धारण गरि सिफारिस गर्न जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधी सहितको निर्णायक छलफल शुरु भएपनि संख्याको बिषयमा सहमति कायम हुन नसकेपछि छलफल बिना निष्कर्ष टुंगिएको हो । छलफलमा जनप्रतिनिधी सहित राजनैतिक दलका प्रमुख, प्रतिनिधी तथा प्राबिधीक समितिका सदस्यहरु सहभागि छन ।
लामो समय बिति सक्दा पनि निर्णय हुन नसकेपछि ब्यबस्थापिका संसदका सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाईको उपस्थितिमा टुंगोमा पुग्ने भन्दै आइतबार देखि छलफल शुरु भएको । छलफल समितिका एक सदस्यका अनुसार निर्णयक छलफल भनिएपनि दलहरु र ब्यबस्थापिका संसदका सदस्यहरुका बिचमा समेत संख्या र भूगोलका बिचमा मतभिन्नता देखिएको छ। नेपाली कांग्रेसले आयोगले तोके अनुसार ७ प्रदेश टुंग्याउने कुरामा बिमती राखेको साथै एमाले लगायतका दलले आर्थर, खौला र ठुलीपोखरीलाई नगरपालिका राख्ने कुरामा बढी अडान लिएपछि सहमति हुन नसकेको जानकारी दिए । अब बैठक कहिले बस्ने भन्ने अनिश्चित भएपनि मंगलबार सहमति खोज्ने संभावना रहेको नेकपा एमालेका अध्यक्ष पदम गिरीले जानकारी दिए ।
दिनभर उद्योग बाणिज्य संघको बैठक कक्षमा भएको छलफलमा क्षेत्र नं २ मा फलेबास नगरपालिका र बाँकी ३ वटा गाउँ पालिका बनाउने बिषयमा छलफल भएको थियो । उक्त प्रस्ताबमा समेत सहमति कायम हुन सकेन । क्षेत्र न० १ मा कुस्मा कुस्मा नगरपालिका बाहेक दुई गाउँ पालिका बनाउने बिषयमा भने सबै दलका बिचमा सहमति छ । आर्थर, खौला र ठुलीपोखरी कुस्मा नगरपालिकामा मिलाउँदै ती गाबिसको ठुलो भूभागलाई अपायक पर्ने भएकाले आर्थर, खौला, ठुलीपोखरी सहित त्यस क्षेत्रका अन्य ८ गाबिस मिलाएर एउटा गाउँ पालिका बनाउने बिषयमा समेत तीब्र दबाब कायम रहँदा दलका नेता र जनप्रतिनिधी समेत एउटा निष्र्कषमा पुग्न सकेनन । पर्वतमा स्थानिय तह पुनसंरचना आयोगले घटीमा ४ र बढीमा ७ वटा स्थानिय तह निर्धारण गरि पठाउन निर्देशन दिएको छ । तर पर्वत जिल्लामा सामाथ्र्यका हिसाबले ४ वटा र भूगोल तथा स्थानिय जनताको सुबिधाका हिसाबले ८ वटा स्थानिय निकाय सिफारिस गर्न चौतर्फी दबाब बढेको छ। क्षेत्र नं २ मा लुंखु देखि दक्षिण बर्राचौर सम्मको एउटा गाउँपालिका तथा कार्किनेटा देखि बाँच्छा सम्मको एउटा नगरपालिका तथा क्षेत्र न) १ मा अहिले रहेको कुस्मा नगरपालिकाको भूगोल समेतलाई पुर्नसंरचना गर्दै दुई नगरपालिका बनाउन सुझाब दिइएको छ । बढीमा आठ वटा बनाउँदा अहिले कुस्मा नगरपालिकामा रहेका वडा नं १५, १६ र १७ लाई अलग बनाउँदै ८ वटा स्थानिय तह बनाउनुपर्ने सुझाब समेत आएको छ। यसरी स्थानिय पुर्नसंरचना गर्दा हम्पाल, मोदी गाउँपालिका, कुस्मा नगरपालिका, पञ्चासे डहरे गाउँपालिका, फलेबास गाउँपालिका, महासिला गाउँपालिका, पैञ्यु गाउँपालिका र कालीगण्डकी गाउँपालिका बनाउनुपर्ने सुझाब दिइएको छ।