आदिवासी जनजाति महासंघको अध्यक्षमा पृथ्वी सुब्बा र महासचिवमा परशुमेघी गुरुङ चयन

p12

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पृथ्वी सुब्बा गुरुङ चयन भएका छन् । नेकपा (एमाले) को भातृ सङ्गठनको रुपमा रहेको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनको उद्घाटन गएको शनिबार भएको थियो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ चयन भएका छन् भने उपाध्यक्षहरुमा तीलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपासुर शेर्पा, भद्रबहादुर थापा, शान्ता चौधरी र चित्रबहादुर थापामगर चयन भएका छन् ।

महासचिवमा भने परशुमेघी गुरुङ चयन भएका छन् । उपमहासचिवद्वयमा टासी लामा र विजय लोप्चन चयन भएका छन् । यसैगरी सचिवहरुमा क्रमशः रामचन्द्र बल, पीके राई, शारदा कुमाल र देवराज राई चयन भएका छन् । कोषाध्यक्षमा भने राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन् । सदस्यहरुको परिणाम भने आउन बाँकी नै रहेको छ ।

यसअघि नेतृत्व चयनमा कुरा नमिलेपछि सम्मेलन सोमबारसम्म लम्बिएको थियो । अध्यक्षका लागि पार्टीका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ र पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले दाबी गरे पनि अन्तिममा भने तीनै जनाले सहमति गरेको बताइन्छ । यसअघि नेतृत्व चयन सर्वसम्मत रुपमा गर्ने भएकाले केही ढिलाइ भएको कुरा नवनिर्वाचित अध्यक्ष गुरुङले बताएका थिए ।

यसअघि महासंघको ६७ सदस्यीय कार्यसमितिका लागि १ सय ५० जनाको उम्मेदवारी परेको थियो । तर, पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन हुन पुगेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’