बिक्रीका लागि राखिएका अखाद्यय सामाग्री प्रशासनले नष्ट गर्यो

khadya-samagri-nasta-1
पर्वत /बिक्रीका लागि पसलमा राखिएका अखाद्यय सामाग्री जिल्ला प्रशासन कार्यालय पर्वतले नष्ट गरेको छ।
बजार अनुगमनका क्रममा बिक्रीका लागि पसलमा राखिएका अद्याध्य सामाग्रीहरु संकलन गरि प्रशासनले नष्ट गरेको हो ।
दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु अनुगमनका क्रममा क्याद नाघेका, लेबल नभएका सामानहरु जफत गरि खाडलमा पुरेर नष्ट गरिएको कार्यालयले जनाएको छ । कुस्माबजार र वारीबेनी बजारमा असार र कार्तिकमा गरिएको अनुगमनका क्रममा फेला परेका दालमोठ,घिउ, स्पाइसी फिस, लेमन आचार, काजु, छोकडा, झिलिङ्गगा, मोटुपातलु, उल्लुका बच्चा जस्ता खाद्यय सामाग्रीहरु नष्ट गरिएको छ। कार्यालयले ब्यबसायी, सञ्चारकर्मी र सुरक्षाकर्मीको रोहबरमा अखाद्यय सामाग्री नष्ट गरेको छ।

khadya-samagri-nasta-2
म्याद नाघेका सामाग्री उत्पादकलाई फिर्ता गर्न सकिने भएपनि उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ। अहिले सम्मको अनुगमनमा सामान मात्रै जफत गरिएको भएपनि अब म्याद नाघेका उपभोग्य बस्तु बिक्री गर्ने व्यपारीलाई नै कारबाही गर्ने चेतावनी पनि कार्यालयले दिएको छ। ‘हामीले अहिले सम्म सचेत मात्रै बनाएका छौ’ सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले भने ‘म्याद नाघेका सामाग्री बिक्री गरेको पाइएमा ऐन नियम अनुसार काबार्ही नै चलाउँछौ’
उपभोक्ताले पनि खाद्यय सामाग्री किन्ने क्रममा म्याद नाघेको छ की छैन हेरेर मात्रै किन्ने बानीको बिकास गर्नुपर्ने सुझाब प्रशासनको छ। उपभोक्ताले म्याद नर्हेदा ब्यापारीले म्याद नाघेको सामाग्री बिक्री गर्दै आएका छन । पसलमा म्याद नाघेको सामाग्री रहेमा छुट्टै स्थानमा राख्न र फिर्ता वा नष्ट गर्न ब्यापारीलाई समेत कार्यालयले आग्रह गरेको छ।
khadya-samagri-nasta

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा