पर्वतमा चाडवाडको समयमा कुनै पनि दुर्घटना भएनन

img_2911
पर्वत/यस बर्षको चाडवाडको अबसरमा पर्बतमा कुनै पनि किसिमको सडक दुर्घटना भएन । जिल्लामा रहेको ट्राफिक प्रहरीको सक्रियताकै कारण कुनै अप्रिय दुर्घटना हुन नभएको ट्राफिक प्रहरीको दावी छ ।
गत बर्ष चाडवाडको समयमा दुई सवारी दुर्घटना भए पनि यस बर्ष भने कुनै सवारी दुर्घटना भए । जिल्ला ट्राफिक कार्यलय पर्बतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले बिभिन्न चोक चोक र राजमार्गका बिभिन्न स्थानमा चेकजाचमा कडाई गर्नुका साथै ट्राफिक गतिबिधिमा तिब्रता दिएकै कारण सबारी दुर्घटनामा कमी आएको बताउनु भयो ।
नियमित जसो चेकजाच गरेको कारण पनि पर्बतका बिभिन्न स्थानमा चल्ने सबारी साधनहरुले छतमा यात्रु राख्ने, बढी भाडा असुल गर्ने जस्ता क्रियाकलाप समेत चाडबाडको समयमा नभएको ट्राफिक कार्यलयको भनाई रहेको छ । ट्राफिक कार्यलयका अनुसार सबारी दुर्घटनामा कमी गर्नको लागि रुट परमिट ईजाजत नदिएको ठाउँमा ती सबारी साधनलाई चल्न नदिने, सिट क्षमता भन्दा बढी यात्रु बोकेको सबारीलाई कडाई गर्ने, मापसे सेबन गरी सबारी साधन चलाएको चालकलाई नियन्त्रणमा लिई कारवाहि गर्ने प्रक्रिया अघि बढाएपछि सबारी दुर्घटनामा कमी आएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी