डोनाल्ड ट्रम्पले तीस लाख आप्रवासीलाई देशनिकाला गर्ने

काठdonald-trump-5822bda096a582-26312464माडौं/ सीबीएस टिभीसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले बीसदेखि तीस लाख कागजातविहीन आप्रवासीहरूलाई देशनिकाला गर्ने बताएका छन् ।

‘अपराधीहरू अनि आपराधिक अभिलेख भएका, ग्याङका सदस्यहरू, लागूऔषध व्यापारीहरूलाई कि त देशबाहिर निकाल्छौं कि त देशकै कारागारमा थुन्छौं,’ सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा बोल्दै उनले बताए, ‘उनीहरूलाई निकाल्ने नै हो किनकि उनीहरू यहाँ अवैध रूपमा बसेका छन् ।’

सिमानालाई सुरक्षित गरेपछि आप्रवासी मामिला हेर्ने अधिकारीहरूले बाँकी अवैध आप्रवासीमाथि विचार गर्ने उनले बताए ।

सीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू अत्यन्त भद्र मानिस भएको र राष्ट्रपतिका रूपमा राम्रो व्यवहार देखाउने बताएका छन् । ‘परिस्थिति अनुसार मेरो व्यवहार हुन्छ,’ उनले भने ।

यसैबीच ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । ट्रम्पको कार्यालयले सोमवार एक प्रेस विज्ञप्ति निकालेर यसको जानकारी गराएको हो ।

‘कलका दौरान यी दुई नेताले एकअर्काप्रति पारस्परिक सम्मान देखाउँदै दुवै देशलाई अघि बढाउन सम्बन्ध मजबुत बनाउने कुरा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

ट्रम्प राष्ट्रपतिका रूपमा ह्वाइट हाउस छिर्नका लागि विविध कार्य गरिरहेका छन् । उनले रिपब्लिकन पार्टीका अध्यक्ष रेइन्स प्रीबसलाई ह्वाइट हाउको मुख्यसचिव बनाएका छन् भने स्टिफज ब्यानोनलाई प्रमुख रणनीतिकार र वरिष्ठ सल्लाहकार नियुक्त गरेका छन् ।

प्रीबसलाई नियुक्ति गर्नुको पछाडि रिपब्लिकन पार्टीसँगको सम्बन्ध सुधार्नु ट्रम्पको उद्देश्य देखिन्छ भने ब्यानोन चाहिँ घोर दक्षिणपन्थी व्यक्ति हुन् ।

यसैबीच ट्रम्पले राष्ट्रपतिका रूपमा पाउने वार्षिक ४० लाख डलर तलब नलिने घोषणा गरेका छन् । कानून अनुसार तलब लिनैपर्ने भएकाले उनले एक डलर लिने बताएका छन् ।

त्यसैगरी ट्रम्पले आफ्ना समर्थकहरूलाई अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । ट्रम्पको विजयपछि विशेषगरी मुसलमानहरूमाथि देशैभरि आक्रमणका छिटपुट घटना भएका छन् ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)