मधुमेह दिवसमा जनचेतना कार्यक्रम

15044793_935991019867465_46715384_o
पर्वत, नेपालीहरुमा गम्भीर स्वास्थ्य समस्याको रुपमा देखापर्दैै गइरहेको मधुमेह रोगका बारेमा कुस्माबजारमा सोमबार जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
बिश्व मधुमेह दिवसको अवसर पारेर पर्वतको कुस्मामा क्रियाशिल लायन्स क्लबहरुले जनचेतना कार्यक्रम आयोजना गरेका हुन ।
कुस्माबजारमा लोकतन्त्रचोकमा भएको कार्यक्रममा पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. फडिन्द्र बरालले मधुमेह रोग हरेक नेपालीका लागि स्वास्थ्य चुनौती बन्दै गएको बताए । उनले खानपान र नेपालीको फेरिएको जीवनशैलीका कारण मधुमेह रोग फैलदै गएको भन्दै यसबाट बच्न सन्तुलित आहार र शारिरीक ब्यायममा जोड दिनुपर्ने सुझाब दिए । बिश्वमा २ करोड भन्दा बढी मानिस यो रोगबाट पिडीत भएको र यसलाई लागि सकेपछि निको पार्न नसकिने भएकाले खानपानमा बढी ध्यानदिनुपर्ने सुझाब उनको थियो । कार्बोहाइडे«टयुक्त खाना कम खाने, धुम्रपान र मध्यपान त्याग्ने, चिल्लो खाना नखाने, रक्तचाप नियन्त्तण गर्ने, नियमित ब्यायाम गर्ने जस्ता रोकथामका उपाय गर्न सकिन्छ ।
लायन्स क्लब अफ कुस्मा सिटीकी अध्यक्ष चित्रकला शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि का सल्लाहकार काशीकुमार जोशी र सञ्चालन लायन्स क्लब अफ मोदीकालीका सचिब बद्रीनारायण पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा