अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडीसहितको राइनोज क्रिकेट टोली विजयी

img_6367वाशिंगटन डिसी – नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनीलगायत ७ जना उत्कृष्ट खेलाडीहरुसहितको नेपाली राइनोज क्रिकेट टोलीले अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलीलाई अन्तिम खेलमा पराजित गरि विजयी भएको छ ।

नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुँदै ५४ रनको फराकिलो अन्तरले प्रथम स्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ ।

नेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले विजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोली सहि मार्गमा भएको बताए ।

क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्ति गरेको बताए ।

आयोजक, नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो भने उक्त टोलीमा स्थानीय खेलाडीहरु समेतको सहभागिता रहेको छ ।

क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन् ।

अमेरिकामा पहिलो पटक आयोजना गरेको उक्त खेलमा इतिहास रच्न नेपाली टोली सफल भएका छन् । मित्स्युबिसी कम्पनीको प्रमुख प्रायोजनमा अमेरिकामा सम्पन्न भएको उक्त खेलमा उप बिजेता ह्युस्टन स्पार्कले १७ हजार २ सय ५० डलर प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित