अमेरिकी राष्ट्रपतिलाई नेटा प्रमुखले यस्तो चेतावनी दिए

उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का महासचिव जेन्स स्टलटेनबर्गले नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक्लै जानु’ युरोप र अमेरिका दुवैको विकल्प नभएको चेतावनी दिएका छन् । उनले पश्चिमा शक्तिका लागि यो पुस्तामा सुरक्षा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको बताए । य

नवनियुक्त अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाले अमेरिका–युरोपसहितको पश्चिमी सैनिक गठबन्धन (नाटो) का लागि खर्च गर्न नहुने र यो पुरानो भईसकेको बताएका थिए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

ट्रम्पले भनेका थिए, ‘कुनै नेटो सदस्य राष्ट्रमाथि हमला भएमा र उसले आफ्नो भागको रकम नतिरेमा उसको सुरक्षामा सहयोग गर्न जानुअघि अमेरिकाले सोच्ने छ ।’ उनले नेटो सदस्य राष्ट्रले आफ्नो सुरक्षाको खर्च आफैले बेहोर्नुपर्ने बताउँदै आएका छन् । बेलायतको अब्जर्भर पत्रिकामा लेख्दै नेटो महासचिव जेन्सल अमेरिकाको यो तर्कमा दम भएपनि केही देशलाई धेरै वित्तीय सहयोग आवश्यक रहेको जनाएका छन् ।

अमेरिकाले नेटोको खर्चको ७० प्रतिशत आफैले बेहोर्दै आएको छ । उनले अमेरिकालाई सुरक्षित र स्थिर युरोपमा मात्रै अमेरिकाको हित रहेको स्वीकार गर्न पनि आग्रह गरेका छन् । नर्वेका पूर्वप्रधानमन्त्री समेत रहेका स्टोलटेनबर्गले अनिश्चितताको यो समयमा मजबुत अमेरिकी नेतृत्वको आवश्यकता रहेको र युरोपले पनि आफ्नो भागको जिम्मेवारी उठाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले अमेरिकामाथि भएको सेप्टेम्बर ११ को आक्रमणमा नेटोले आत्मरक्षाको आफ्नो नियम लागु गरेको स्मरण गराएका छन् । यसकारण कुनैपनि सदस्य देशमाथि आक्रमण भएका बाँकी सदस्य राष्ट्रले उसलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ । उनले भनेका छन्, ‘यो प्रतिकात्मकमात्रै थिएन, अफगानिस्तानमा सैन्य अभियानको नेतृत्व नेटोले नै लिएको थियो ।’ त्यसबेला लाखौं युरोपेली सेनाले अफगानिस्तानमा काम गरेको र एक हजारभन्दा बढीले ज्यान गुमाएको उनको भनाई छ ।

एफबीआईमाथि हिलारीको रोष

अमेरिकी राष्ट्रपति पदको चुनावमा हारका लागि डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले संघीय जाँच एजेन्सी (एफबीआई) लाई जिम्मेवार ठहर गरेकी छन् । हिलारीले चुनावको ठीक अघि एफबीआईका निर्देशक जेम्स कुमीले आफ्ना इमेलबारे जाँच गर्ने बताएपछि निर्वाचन प्रचारअभियानमा धक्का लागेको उनको भनाई छ ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारीले पार्टीका सबैभन्दा बढि चन्दा दिनेसँग गरेको फोनवार्ता सञ्चारमाध्यममा सार्वजनिक भएको हो । उनीमाथि विदेशमन्त्री हुँदा आफ्ना आपराधिक इमेल आफ्नो निजी सर्वरबाट पठाएको आरोप लागेको थियो । तर, एफबीआईको छानविनमा हिलारीले कुनै गलत काम नगरेको पुष्टि भएपनि उनले चुनावमा हार बेहोर्नुपरेको छ ।

यसैबीच नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकामा सुरु भएको प्रदर्शन अझै जारी छ । न्युयोर्कमा करिब दुई हजार सर्वसाधारणले ट्रम्प टावरअघि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘मेरा राष्ट्रपति होइनन्’ लेखेका प्लेकार्ड हातमा बोकेका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भइसकेपछि चार दिनको अवधीमा ९० स्थानमा विरोध प्रदर्शन भइसकेको छ । प्रदर्शनकारीले उनका नीतिहरुको कडा विरोध गर्दै आएका छन् । उनीहरुले आप्रवासी, अल्पसंख्यकका साथै ट्रम्पको महिलाप्रतिको रबैयाको पनि विरोध भइरहेको छ ।

जित हासिल गरेपछि ट्रम्पले भने निर्वाचन प्रचारका क्रममा व्यक्त धाराणाभन्दा केही फरक देखिएको बिश्लेशण भइरहँदा उनीविरुद्धको प्रदर्शन भने कायम रहेको हो । प्रचारका क्रममा ट्रम्पले हिलारीको इमेल काण्डको छानविन गर्ने र दोषी पाइएमा जेल पठाउने बताएका थिए । राष्ट्रपति निर्वा्चित भएपछि भने उनले स्वास्थ्य, सुरक्षा र सुधारमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले आगामी जनवरी २० मा देशको ४५ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नेछन् ।
जगलमबष्

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’