द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न लाई उन्मुक्ति दिने तयारी

द्वन्द्वकालिन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ।

बम बिष्फोट, सामुहिक हत्या र अन्तर्रा्ष्ट्रिय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो।

विद्यमान ऐनअनुसार द्वन्द्वकालिन मुद्दाहरू सम्बोधन गर्न “सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ आयोग गठन गरिएको छ। ती आयोगले द्वन्द्वकालिन उजुरी संकलन गरिसकेका छन्। उजुरी छानबिनकै चरणमा छन्।

सर्वोच्च अदालतको फैसलालाई आफू अनुकुल व्याख्या गर्दै सरकारले ऐन संशोधन तयारी गरेको हो। संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराधसम्बन्धी नौ नम्बर बुँदा हटाइएको छ। उक्त बुँदामा रहेको अन्तर्रा्ष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरित गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरूद्धको अपराधलाई हटाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना