पोखराबाट उडेपछि बेपत्ता भएको एक वर्षपछि भेटियो अल्ट्रालाइट विमान

पोखरा, २८ कात्तिक – एक वर्षअघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमान आज बिहान फेला परेको छ ।

विसं २०७२ असोज २१ गते पोखरा विमानस्थलबाट उडेपछि हराएको सो अल्ट्रालाइट माछापुछ्रे र अन्नपूर्ण हिमालबीचको खोँचमा टुक्राटुक्रा परेको अवस्थामा फेला परेको हो ।

समुन्द्री सतहदेखि करिब १२ हजार फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एउल आई कलसाइनको अल्ट्रालाइटलाई रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए भने दक्षिण अफ्रिकी महिला ४० वर्षीया एलिजावेथ वेल त्यसमा यात्रारत थिइन् ।

शरिरको हड्डी, खप्पर तथा दाँत र जहाजको पाङ्ग्रासहित केही भाग सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । अल्ट्रालाइटको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको अवस्थामा फेला परेको छ भने मानव कङ्काल वरपर छरिएको अवस्थामा सङ्कलन गरेर ल्याइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरा विमानस्थलको संयुक्त टोली आज हेलिकप्टरमा गएर अल्ट्रालाइट र मानव कङ्काल सङ्कलन गरी ल्याएको र डिएनए परीक्षण गरी कङ्काल आफन्तलाई बुझाइने प्रवक्ता बज्राचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा