पश्चिमाञ्चल फाइनान्स बेनी शाखाका तत्कालीन प्रबन्धक पौडेल पक्राउ

काठमाडौँ, २८ कात्तिक – पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ ।

शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै पक्राउ गरेकोमा आज सार्वजनिक गरिएको हो ।

पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम रु एक करोड ३८ लाख ५० हजार भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै, संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी रु दुई करोड ५३ लाख लगेकोमा सो समेत बैंकमा जम्मा नगरी निजैले अपचलन गरेको समेत खुल्नमा आएको छ ।

संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी रु एक करोड पाँच लाख कर्जा प्रवाह गरेको देखाई स्वयम्ले उक्त रकमसमेत उपभोग गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।

पौडेलले शाखा प्रमुखको हैसियतले संस्थाबाट विभिन्न सातजना ऋणीलाई लगानी गरेका रु ३७ लाख ४१ हजार १८५ कर्जा चुक्ता हुनुअगावै धितो फुकुवा गरी कर्जा जोखिममा पारी संस्थालाई हानीनोक्सानी गरेको समेत उल्लेख छ ।

पौडेलले संस्थालाई कुल रु पाँच करोड ३३ लाख ९१ हजार १८५ हानीनोक्सानी गरेको लगायतका अभियोगमा निजलाई पक्राउ गरिएको हो । निजउपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो