सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो । तर, त्यसबारे छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको छ ।

कोइरालाले त एक करोड उपचार खर्च मागेकी थिइन् । उनलाई स्तन क्यान्सर भएको छ । र, कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।

तुलसी गिरीको रोकियो, रामवरण र सुजाताले पाए

प्रचण्ड सरकार बनेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्च दिने निर्णय भएको छ । उनलाई सुरुमा ६० लाख उपचार खर्च दिइएको थियो । पछि यसलाई पेश्कीमा बदल्दै सबै उपचार खर्च दिने र टोलीको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

तर, कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव रोकियो । उनले केपी सरकारकै पालामा २० लाख रूपैयाँ लगिसकेका थिए ।

यही बेला अर्थ समितिले पनि नयाँ मापदण्ड बनाउन निर्देशन दियो । र, स्वास्थ्यमन्त्री थापाले पेश गरेको नयाँ मापदण्ड मन्त्रिपरिषद् बैठकको एजेण्डामा पनि थियो ।

तर, त्यसबारे छलफल नै नगरी सुजातालाई ५० लाख दिने निर्णय भएको छ । तरुण दलको महाअधिवेशनका कारण स्वास्थ्यमन्त्री थापा भने मन्त्रिपरिषद् बैठकमा थिएनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’