तिलाहारमा सार्वजनिक सुनुवाई

3

पर्वत /पर्वतको तिलाहार गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाविस कार्यालयको आयोजना र एलजिएएफ कार्यक्रमको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा गाविसवासीहरुले गाविसले विगत ८ वर्षदेखि पेश्कि फस्र्यौट नगरेको, योजना छनौटमा वादविवाद हुने गरेको, लक्षित वर्गको कार्यक्रम लक्षित समुदायलाई थाहा नहुने जस्ता गुनासो गरेका छन् ।

त्यस्तै गाविसमा राजनितिक सयन्त्रले आवश्यकतालाई भन्दा पहुँचका आधारमा योजना छनौट गर्ने गरेको पनि उनीहरुले गुनासो गरेका थिए । गाविस सचिव दयाराम शर्माले गाविसवासीहरुको गुनासोको सम्बोधन गर्दै गाविसवासीको सुझावका आधारमा गाविसमा काम हुने बताउनुभयो । आगामी दिनमा विगत भएका कमजोरीहरु नदोहरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफु गतवर्ष देखि सचिवको रुपमा आएकाले सुधारका प्रक्रिया क्रमश शुरु गर्दै गएको जानकारी दिनुभयो । गाविसवासीहरुले गाविस सयन्त्र भन्दा राजनितीक सयन्त्रलाई वढि दोष लगाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका गाउँ सभापति गजेन्द्रबहादुर मल्ल, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष वावुराम पराजुली,नेकपा माओबादी केन्द्रका अध्यक्ष नम्रता नेपाली, क्रान्तिकारी माओबादीका प्रकाश जंग लामिछाने, राष्ट्रिय जनमोर्चाका जितवहादुर लामिछाने लगायतले गाविसलाई आगामी दिनमा पारदर्शी र जनसहभागितात्मक विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।2

कार्यक्रमको स्वागत सामाजिक परिचालक सीता विकले गर्नुभएको थियो भने एलजिएएफ कार्यक्रमले गरेका प्रगतिको बारेमा अनुगमन अधिकृत सुदिप लामिछाने र सञ्चालन रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारीले गर्नुभएको थियो । गाविस कार्यालयले अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने नितिगत व्यवस्था रहेको छ । पर्वतका कतिपय गाविसले सार्वजनिक सुनुवाई नै गर्दैनन् । एलजिएएफ कार्यक्रमले सबै गाविसलाई सार्वजनिक सुनुवाई गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’