चार वर्षपछि सडक मर्मत

20161112_100817
पर्वत/जिल्लाको मध्य भाग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडक ४ वर्ष पछि मर्मत भएको छ । जिल्ला विकास समितिले प्रत्येक वर्ष सडक मर्मतका लागि लाखौं रुपीयाँ बिनियोजन गर्ने गरेको भएपनि निर्माण कम्पनीले काम नगरि फर्छौट गर्दा सडक जीर्ण बनेको थियो ।
पछिल्लो समय जिल्ला विकास समितिले आकस्मिक मर्मतको रकम छुट्टाएपछि मात्रै सडकको ४ वर्ष पछि मर्मत भएको हो । सो सडक मर्मतका लागि सौर्य निर्माण सेवाले जिम्मा पाएको र पहिलो पटक आकस्मिक मर्मत भएपछि स्थानीयलाई समेत राहत मिलेको छ ।
निर्माण कम्पनीका संचालक भास्कर जोशीको पहलमा सडकका अधिकांस जिर्ण भएका स्थानमा मर्मत गरिएको छ । सडक मर्मत तथा निर्माणका लागि वर्षेनी रकम खर्च हुने भएपनि प्रभावकारी अनुगमन र फितलो नीतिका कारण सडक प्रत्येक वर्ष जीर्ण बन्दै गएको स्थानीय कमल पौडेलले बताउनुभयो ।
गत वर्षहरुमा पनि जिल्ला विकास समितिले आकस्मिक मर्मतका लागि रकम विनियोजन गर्ने गरेको भएपनि जिम्मा लिएका निर्माण कम्पनीले कामै नगरि फर्छौट गर्ने गर्दा सडक झनै जीर्ण बन्दै गएको स्थानीयवासीहरुको आरोप छ । गत ३ वर्ष कुनै पनि ठेकेदारले काम गरेनन् स्थानीय ढाकाराम सुबेदीले भन्नुभयो–रकम छुट्टाउने र ठेकेदारले डोजर हिँडाएर मात्रै खाने काम भयो ।
१४ किलोमिटर लामो सडकले पर्वतको मध्य भागका १२ भन्दा बढि गाविस र स्याङ्गजाका समेत ६ गाविसलाई प्रत्यक्ष फाईदा पु¥याउँछ भने सो सडकले पोखरा–बाग्लुङ्ग राजमार्गलाई सिद्धार्थ राजमार्गसँग छोटो दुरीमा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र सुबेदीले बताउनुभयो । 20161112_120713
जिल्ला विकास समितिको सडक सञ्जाल अन्तर्गत क वर्गमा पर्ने सो सडकलाई स्तरोन्तीका लागि २ करोड लागतमा २ किलोमिटर सडक निर्माण हुँदै गरेको भएपनि समयमा काम नहुँदा हिउँद वर्षा नै स्थानीयहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेकाछन् ।
जिल्ला विकास समितिको ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत २ वर्षदेखि सडकको स्तरोन्नतीको काम गरिरहेको भएपनि निर्माण कम्पनीले कछुवा गतिमा गर्दा सडक दैनिक रुपमा जीर्ण बन्दै गएको छ । निर्माण कम्पनी नाना ब्रदर्श जेभीले १५ महिनमा काम सक्ने गरि जिम्मा लिएकोमा २४ महिनामा पनि ३० प्रतिशत काम गर्न सकेको छैन ।
समाप्त कार्तिक २८

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’