पर्वतको क्याङ्गमा ढुंगाले थिचेर दाइको हत्या
पर्वतको क्याङ्ग गाउँ बिकास समितिमा ढुंगाले थिचेर भाईले आफ्नै सहोदर दाजुको हत्या गरेका छन ।
घरयासी बिबादमा क्याङ्ग – ६ उपल्लेफाँट बस्ने भाई बलबहादुर पुर्जाले ४० बर्षिय दाजु दलबहादुर पुर्जालाई ढुंगाले हानेर शनिबार राँती हत्या गरेका हुन ।
जिल्ल प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार शनिबार साँझ ७ बजे भाई बलहादुरले टाउको ढुंगाले हान्दा गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि पोखरा लैजाने क्रममा मृत्यु भएको हो । राती १० बजे दलहादुरको मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक दिपक पातलीको नेतृत्वमा पुगेको टोलीले अभियुक्त बलवहादुर पुर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ । मृतक दलबहादुरको शब पोष्टर्माटमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो । यस कार्यालयमा राखीएको छ ।