ओलीको प्रश्नले प्रचण्डको बोली बन्द

prachanda-oliकाठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

विहिबार अपराह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको वार्तामा एमाले अध्यक्ष ओलीले संविधान संशोधन किन र के का लागि भनेर प्रश्न गरेका थिए । यो प्रश्नको जवाफ प्रचण्डले स्पष्टसँग नदिएपछि ओली असन्तुष्ट हुँदै नस्किएका छन् ।

बैठक कोठाबाट ४५ मिनेटपछि असन्तुष्ट हुँदै बाहिर निस्केका ओलीले संविधान संशोधनबारे प्रधानमन्त्रीबाट प्रष्ट कुरा नआएको जानकारी दिए । ‘संविधान संशोधन किन र के का लागि भन्ने विषयमा उहाँबाट प्रष्ट कुरा आएन,’ ओलीले सञ्चारकर्मीसँग भने ।

प्रधानमन्त्री प्रचण्डले मधेसका मुद्दालाई समेटेर संविधान संशोधन गर्ने विषयमा छलफल गर्न एमाले अध्यक्ष ओलीलाई सिंहदरबार बोलाएका थिए ।

यता प्रधानमन्त्री कार्यालयले संविधान संशोधनबारे प्रचण्ड र ओलीबीच सकारात्मक छलफल भएको जनाएको छ ।

– See more at: http://www.dainiknepal.com/2016/11/192614.html#sthash.TFdp1bLZ.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज