गठबन्धनले संसद अबरोध गर्ने

morcha-650x366काठमाडौं, २५ कात्तिक । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्ने निर्णय गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको गठबन्धनको बैठकले शुक्रबारको संसद बैठक अवरोध गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

‘संविधान संशोधनका लागि दबाब दिन शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय भएको छ’, स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो, ‘शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्ने निर्णय पनि भएको छ ।’

संसद अबरोध गर्ने यो निर्णयलाई गठबन्धनले लुकाएर राखेको छ । निर्णय लुकाउनुका कारणबारेमा केही बताइएको छैन ।

संसदको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअियोगमा छलफल हुने कार्यक्रम छ ।

महाअभियोग माथिको छलफललाई असर गर्ने गरेर गठबन्धनले किन सदन अवरोध गर्न लागेको हो नेताहरूले खुलाएका छैनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा