‘नाममात्रै होइन जिल्लाको आवश्यकता पनि बिकास हो’

14971539_1260990583924095_11718225_o

बिकास लम्साल

नेकपा(एमाले) पर्वतमा गाउँ कमिटी देखि तल्ला सबै कमिटीमा बसेर दुई कार्यकाल जिल्लाको नेतृत्व गरिसकेका बिकास लम्साल अहिले पर्वत क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधी हुन । खरो र जुझारु स्वभावका लम्साल कहिलेकाही बिबादमा पनि पर्छन । उत्पादनमुलक काम र जन्मनेबित्तिकै पाडा काटेर खाने कुरालाई निरुत्साहित गर्न सञ्चालन गरेको संरक्षण अभियान बढी बिबादमा परेकोमा उनको गुनासो छ । कालीगण्डकी लोकमार्ग देखि पर्वत क्षेत्र नं २ मा पक्की सडक सञ्जाल बनाउने लगायतका काममा निक्कै सफलता पाएका लम्साल संग जनप्रतिनिधीको भूमिका, बिकास निर्माणका काम, पछिल्लो समयमा देखिएका बिबादमा केन्द्रित रहेर खबरडबली साप्ताहिकका लागि दुर्गाप्रसाद शर्माले लिएको अन्तवार्ता साभार गरेर प्रकाशित गरिएको छ ।

पर्वतको जनप्रतिनिधिको रुपमा कसरी काम गरिरहनु भएको छ ?
सर्वप्रथम त पर्वत जिल्लाको जनप्रतिनिधिको हैसियतले संविधान निर्माण देखि जारी हुने बेलासम्म एउटा विधायकको हैसियतले महत्वपूर्ण भूमिका खेले भन्ने लाग्दछ । अहिले पनि एउटा सांसदको हैसियतले प्रतिनिधि सभामा संविधान कार्यान्वयनको विषयमा आफ्ना भनाईलाई सशक्त रुपमा प्रस्तुत गरि राखेको छु ।
जब संविधान सभा प्रतिनिधि सभामा परिणत भयो । तबपर्वत जिल्लाको समग्र विकासमा ध्यान दिने प्रयास गरेको छु । विशेषत पर्वत जिल्ला लगायत सांसद विकास क्षेत्र अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायत संस्कृति प्रवद्र्धन, पर्यटन तथा पूर्वाधार विकास आदि क्षेत्रहरुलाई समेट्ने गरी जनताको माग अनुसारनै जि.वि.स. पर्वतबाट अनुगमन र मूल्यांकन हुनेगरी योजनालाई प्राथमिकताको आधारमा छनोट गरी कार्यान्वयन गराउने प्रयासमा छु ।
तपाईको प्राथमिकताका योजनाहरु के–के हुन् ?
स्थानीयतहमा जनताका अत्यावश्यक विकास आयोजनाको सन्दर्भमा निम्न क्षेत्रलाई प्राथमिकतामा राखेको छु । ती हुन् ः
१) कृषिमा– दिगो कृषि विकास र पशुपालन व्यवसायीकरण ।
२) पूर्वाधार भौतिक विकास– स्थानिय सडक, कृषि सडक, आर्थिक केन्द्र जोड्ने सडक, विद्युतीकरण, खानेपानीमा एक घरमा एक धारा, सामुदायिक भवन निर्माण आदि ।
३) पर्यटन तथा संस्कृति प्रवद्र्धन– पर्यटन क्षेत्रको पहिचान, मन्दिर निर्माणमा सहयोग, घरबास कार्यक्रम सञ्चालन, पर्यटन पदमार्ग निर्माण, पर्यटन प्रवद्धनमा कालिगण्डकी लेकसँग जोड्ने पदमार्ग निर्माण ।
४) शिक्षा र स्वास्थ्य– विद्यालय भवन निर्माण, क्याम्पसको भौतिक निर्माण जस्ता कार्यमा सहयोगको व्यवस्था ।
५) स्थानिय युवा क्लव मार्फत खेलकुन, जेष्ठ नागरिक सम्मान कार्यक्रम आदिमा सहयोग ।
६) लोप हुन लागेका पञ्चेबाजा संरक्षणको अभियान
७) बाल–बालिका, अपाङ्ग, विरामीहरुको सहयोग, आमा समभूह तथा विभिन्न महिला जनजाती, दलित पिछडिएका वर्गको विकासमा सहयोग ।
८) धार्मिक पर्यटन प्रवद्र्धन गर्न प्रत्येक गा.वि.स.मा कल्पवृक्ष, वर–पीपल, स्वामी, आदि रोपण अभियान
कालीगण्डकी लोकमार्ग अझै ओझेलमा परेको छ नि ? के–के भइरहेको छ ?
कालीगण्डकी लोकमार्ग वि.सं. २०५८ मा सुरु भएपछि हो तपार्इँले भने जस्तै विचमा केही समयमा ओझेलमा परेको थियो । केहि वर्ष पर्वत तर्फको खण्डमा कामै हुन सकेन । तर २०७० सालमा म सांसद भएपछि यो लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेस गराउन पहल गरेको हुँ । अहिले पर्वत जिल्ला तर्फको खण्ड अन्तर्गत फलेवास खण्डको भिर, रानीपानी तिर तिन ठाउँमा तीव्र रुपमा काम भैराखेको छ र मोदीवेणी र सेतीवेणीमा मोटरेवल पुलको निर्माण कार्यको थालनी यसै वर्षबाट हुने छ भने आधीखोला र लमायखोलाको पुलको सर्वे भई डिजाइन हुने कार्य भैराखेको छ । यो हाम्रो लागि ठूलो उपलब्धि मान्नु पर्दछ । यो कार्यको लागि करोडौ रुपैयाँ रेड बुकमा विनियोजन भई टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ भने निर्मांण कार्य पनि भैराखेको छ ।14958055_1260992153923938_218655669_o1
सांसद विकास कोषको रकमबाट सञ्चालित कृषिका योजना विवादमा परेका छ नि ?
सांस्द विकास कोषबाट सञ्चालित कृषि पशुपालन, वन आदिका कुनैपनि योजनाहरू विवादित छैनन् । तीयोजनाहरूमा पनि पूर्वाधार विकासको संरचना खडा गर्न खोजिएको छ । कृषकको उत्पादनलाई वृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने किसानलाई समूह र सहकारी मार्फत सहयोग गर्न खोजिएको छ । आग्रह पूर्वाग्रह राखेर सामाजिक सञ्जाल मार्फत केही अर्नगल प्रचार गर्न मात्र खोजिएको हो । जिल्ला विकास कार्यलय, जि.वि.स., कृषि, पशुपंक्षी विकास कार्यलय आदिसँग समन्वय गरी जि.वि.स. कै अनुगमन र मूल्यांकनमा योजना समेत फरकफराक हने व्यवस्था भएकोले सोझै सांसदलाई ति योजनामा जोड्नु मिथ्या प्रचार मात्रै हो । मलाई विश्वास छ एक दुई वर्षमा कृषिमा गरिएको योजनाको प्रतिफल निश्चयनै उत्पादन मूलक हुनेनै छ ।
पाडापाडी संरक्षण र पशुपालनको क्षेत्रमा कसरी परिवर्तन आयो त ?
पाडापाडी संरक्षण कार्य निश्चयनै उत्साहजनक र अपरिहार्य कार्य हो किन भने हाम्रो समाजमा अहिले पनि जन्मदै वित्तिकै पाडापाडी काटेर खाने प्रचलन छ । परिवर्तित समाजमा अहिले पनि यस्तो किसिमको प्रवृत्ति, कुसंस्कारको अन्त्य गर्न र उत्पादन बढाउन पनि पाडापाडी संरक्षणको कार्य अन्यन्तै चुनौतिपूर्ण छ । भएपनि हामीे समाजमा काम गरेर देखाउने प्रयत्नमा छाँै । त्यसले समाजमा राम्रो सन्देश दिएको छ । पाडापाडी काटेर खाने समुदायमा काटेर खानु हुँदैन भन्ने भावना पनि विकास भएको छ । के यो काम सामान्य हो ? यसमा किसानहरु नाफाको हिसावले भन्दापनि समाज रुपान्तरणमा आउन सक्ने योगदानलाई खिल्ली उडाउन ! लिमिपारकोटे पाडापाडी संरक्षणका पाडापाडीहरु कस्ता रुपमा हुर्केका छन्–होस्र्याङ्दी गाविसको जमपूरमा गएर हेर्न सकिन्छ । यो सँगै एक गाविसमा एउटा पशुपालन केन्द्र निर्माण गरी रोजगारी तथा उत्पादन वृद्धि गर्ने प्रयासमा समेत छौ । यसले युवाहरूमा केही गर्नुपर्छ भन्ने भावनाको विकास गराएको छ ।
वृद्ध–वृद्धाको सम्मान गरिरहनु भएको छ, यसको प्राथमिकता के हो ?
वृद्ध वृद्धालाई सम्मान गर्नु समाजको कर्तव्य र जनप्रतिनिधिको रुपमा मेरो दायित्व हो । राज्यले पनि सम्मानस्वरुप सामाजिक भत्ता दिएको छ । आज हाम्रो समाजमा वृद्ध वृद्धालाई सम्मान गर्ने,, माया गर्ने, उत्साहित गराउने प्रचलनको कमि देखिएको छ । तसर्थ नयाँ पिढीलाई थप सन्देश दिन जीवनको महत्वपूर्ण समय समाजमा खर्चि सकेका वहाहरुलाई खुशी बनाउन, हसिलो बनाउन हामी सफल भएका छौ । यसले पनि समाजमा राम्रो सन्देश दिएको छ । वृद्धा वुवा आमाहरुप्रति युवाहरु तथा घर परिवारका सदस्यहरुको पनि सकारात्मक सोचाई र राम्रो भावनाको विकास भएको छ ।15034411_1260987887257698_2018215745_o

तपाईँ जिल्लाको नेता हो, क्षेत्र नं. २ मा मात्र केन्द्रित हुनुहुन्छ नि ?
निश्चयनै म पर्वत जिल्ला क्षेत्र नंं २ को नेता हो तर म पर्वत जिल्लाको नेकपा एमालेको जिल्ला कमिटीको पूर्व अध्यक्ष पनि हुँ, म समग्र पर्वत जिल्लाकै संवृद्धि र विकासमा केन्द्रित छु तर निर्वाचन क्षेत्र भित्रको विकासको काममा क्षेत्रगत कार्यविधिको कारणले क्षेत्र नं. २ मा खटिए जस्तो मात्र देखिएको हो तर सम्पूर्ण पर्वत जिल्लाको विकासको लागि मेरो पूर्ण जिम्मेवारी नै रहको छ ।
अब त निर्वाचन क्षेत्र एउटा हुन्छ क्षेत्र नं. २ मा मात्र केन्द्रित हुँदा जनमत आफ्नो पक्षमा कसरी बनाउनु हुन्छ ?
हो, अब संघमा परिणत पर्वत एक निर्वाचन क्षेत्र हुन्छ । प्रदेशमा २÷३ क्षेत्र हुन सक्छन् भने गाउँ पालिका ४ देखि ७ओटासम्म हुन सक्दछन यी सबै ठाउँमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन व्यापक रुपमा संगठन निर्माण गरिने छ । जनताको जीवनसँग पार्टी कामलाई जोड्ने र स्थानीय जनताका मागहरू संकलन गरी निर्वाचन क्षेत्र भन्दा वाहिर सम्पूर्ण पर्वत जिल्लालाई नै ध्यानमा राखि विकासको योजनहरु केन्द्रबाट थप गरि ल्याएको पनि छु र यस पर्वत जिल्लामा जनताको विश्वास जित्न प्रयत्नरत छु हुँ । जनताले म प्रति केहि आशा र विश्वास पनि राखेका छन् ।
पर्वतलाई सम्वृद्ध बनाउन के–के गर्नुपर्छ अब ?
पर्वत जिल्लालाई सम्वृद्ध गराउन कृषि, पशुपालन, सडक यातायात, पर्यटक, उर्जा, लघुउद्यम तथा अन्य पूर्वाधार विकासमा समान रुपले ध्यान दिनु अनिवार्य छ । यसका केही आधारहरु निर्माण भएका छन् र यसलाई व्यवसायीमुखी बनाई रोजगारी तथा आय आर्जनको सृजन ागर्न सकेमा मात्र पर्वत जिल्लाको विकास र सम्वृद्धि हुनेछ ।
साच्चीकै ‘विकास’ विकासमा सफल भएको हो ?
दुर्गा जी, एउटा सन्दर्भ जोड्नु भयो मेरो नाम पनि विकास,उद्देश्य पनि विकास, काम पनि विकास पर्वतको आवश्यकता पनि विकास, आज विकास घर–घर टोलटोल तथा गाउँ गाउँमा पु¥याउनु छ । त्यसका लागि यो पछौटे समाजमा त्यति सजिलो छैन तर धेरै आधार निर्माण भएका हुन् अहिले हामसँग भएको श्रोत साधनलाई अधिकताम प्रयोग गरौ, पारदर्शी गरौ, जनतालाई अधिकतम सहभागिता गराउने अनमिात्र मेरो पर्वत समृद्ध पर्वत, विकसित पर्वत भनेर हामी सबै लागौ । यसमा म त ३० वर्षदेखि पर्वतका सबै गतिविधि सलंग्न छु । अवको हाम्रो अभियान भनेकै विकासका लागि “पर्वत विकासका लागि हाम्रो अभियान” विकास र समृद्धिका लागि हो ।

सांसदका पूर्वाधार र टुक्रे योजनाहरु चुनावमुखी र प्रचारमुखी भए, दिगो विकासमा कुनै प्रभाव भएन भन्ने गुनासो छ नि ?
सांसद विकास र निर्वाचन क्षेत्र विकासका योजनाहरुलाई जति व्यवस्थित दिगो विकास गर्न खोजे पनि जनता माग, चाहना र इच्छा अनुसारनै योजनाहरु टुक्राउनु पर्ने वाध्यता छ किनकी मेरो निर्वाचन क्षेत्रमा २९ वटा गाविस र माग अत्याधिक छन् । त्यसलाई सम्बोधन गर्न खोज्दा निकै चुनौतीपूर्ण छ । अब हामीले दिगो विकासलाई प्राथमिकता दिने प्रयत्न गर्दछौ ।
अब कसरी सुधार गर्नु हुन्छ त आफ्ना योजनाहरुको छनोट र कार्यन्वयन पक्षलाई ?
कुरा गर्न सजिलो छ तर व्यवहारमा उतार्न निकै चुनौतीपूर्णछ । अबका योजनाहरु छनोट गर्न पर्वत जिल्लाका कार्यलय प्रमुख, जिल्ला स्तरिय नेताहरु गविस सचिवहरु, पत्रकारहरु, प्राविधिकहरुसँग सल्लाह गरेर अन्र्तक्रिया मार्फत सुझाव लिई जिल्लामा पुराना योजनाको अनुगमन गरेर मात्र दिगो योजनालाई प्राथमिकता खालका योजना जनताको आवश्यकता अनुसार छनोट गर्दछु ।
तपाई आलोचना गर्ने माथि बढी आक्रमक बन्नु हुन्छ भन्छन नि नजिकबाट बुझ्नेहरु ? यसले पनि बढी विवादित बन्नु भयो कि ?
म कसैसाग पनि आक्रमक छैन । मेरो कसैसँग आग्रह पूर्वाग्रह पनि छैन तर म जसरी जिल्लाको समग्र विकासमा जनता प्रति उत्तरदायी बनेर लागेको छु । त्यो कसैका लागि पीडा हुनसक्छ ।मैले गरेका कामरु जती जनपक्षीय, व्यवहारिक छन् तिनलाई जुन हिसावले वदनाम गराउने प्रयास भएको छ, त्यसमा अत्यन्तै दुःख लागेको छ । समाजको आवस्था के छ? हाम्रा चुनौती हुन ? हाम्रा आवश्यकता के हुन् हाम्रा समस्या कहाँनेर छन् ? पर्वतको विकास सवृद्धि के बाट प्राप्त गर्न सकिन्छ ? त्यसमा युवालाई लैजान खोज्दा केहि पक्षधर व्यक्तिहरुबाट हल्काफुल्का टिप्पणीसहित प्रचार–प्रसार गरिएको छ, यसलाई पनि सकारात्मक रुपमै लिएको छु । समाजमा केही दिगो काम गर्न खोज्ने, उत्पादन बढाउन खोज्ने, रोजगार सृजना गर्न खोज्ने प्रतिनिधिको तेजोवोध गरेर कसलाई फाइदा हुन्छ । समाज, राष्ट्रलाई अगाडि बढाउन यस्तै तरिकबाट अगाडि बढाउन हुन्छ ? पर्वतकै सन्दर्भमा भन्नुृ हुन्छ भने अहिले कृषि, पशुपालन, पर्यटन लघु उद्यममा भएका कामलाई मसिनो गरी हेर्नुस त, म त गर्वसँग भन्छु एक जना निर्वाचित प्रतिनिधि यसरी विकास कार्यमा लाग्दा त्यसले सहयोग पाउनु पर्दछ कि ? त्यसलाई अर्नगल प्रचार प्रसार गरेर त्यसलाई लखेट्ने मेरो पनि केही कमजोरी पक्ष होलान तिनलाई छलफल गरौँ । काम गर्दा गल्ती पनि हुन सक्दछन् तर तिनलाई अन्र्तक्रिया गरेर अझ समृद्ध बनाउने कोसिसमा लाग्नु हाम्रो उद्देश्य हो,स्वार्थी र आत्म केन्द्रित भएर गरेका आलोचना प्रतिको मेरो टिप्पणी मात्र हो । मैले गरेका कामको सबैबाट गहिरो अध्ययन होस् त्यहाँ कसरी काम भएको छ । त्यसको वास्तविकतामा टेकेर आलोचना र सर्मथन होस मेरो यही चाहना छ त्यसले मात्र हामी सबैको पर्वतको समृद्धि र विकासको सोझा उद्देश्य पुरा हुनसक्छ ।14964070_1260988177257669_371374109_o
अन्त्यमा एउटा जन प्रतिनिधिको रुपमा कति सफल भए भन्ने लाग्छ ?
म अहिलेको पर्वतका जनप्रतिधिहरुमा पर्वतलाई गहिरो गरी बुझेको र जनताले आशा भरोसा गरेको प्रतिनिधि पात्र हु । पर्वतको विकासमा आफ्नो अवधारणा प्रस्तुत गरेर केन्द्रैदेखि जिल्ला र गाउँसम्म पुर्वाधार बनाउन केहि हदसम्म सफल भएको छु । यसको केहि उपलब्धीहरु सहभागी गराएर जान सके पर्वत जिल्लाले एकदुई वर्षमा नै ठूलो फड्को मार्न सक्छ । मलाई विश्वास छ पर्वतलाई सफलतामा उभ्याउन सकिन्छ । त्यसमा हामी सबै सफल हुनेछौ । त्यसमा म पनि लागि परिराखेको छु ।

धन्यवाद !

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी