युनाईटेड मोदीमा तीन हजार सेयर आवेदन रद्द

15049897_933630033436897_900372998_n1
पर्वत /निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडमा सेयर आवेदन भरेका तीन हजार भन्दा बढी सर्वसाधरणको आवेदन रद्द भएको छ ।
रितपुर्वक नआएका निवेदनहरु रद्द भएका हुन । अधिकाँशको चेक क्लियरेन्समा समस्या भएर रद्द भएको कम्पनीले जनाएको छ।
कम्पनीले ११ हजार ४ सय ४ जना रितपुर्वक आबेदन गर्ने लाई मात्र बाँडफाँडमा सहभागी गराएको छ । तर आबेदन बन्द हुँदा १४ हजार ३ सय जनाको आवेदन परेको जानकारी गराएको थियो । त्यस मध्ये अधिकाँशको मेसिन रिडेबल चेक नभएको, कतिपयको चेक भएपनि बैंकमा नै खाता नभेटिएको कारण आबेदन रद्द भएका छन । केही आवेदकहरुको खातामा रकम नै नभएका कारण क्लियरेन्समा समस्या भएपछि आबेदन स्विकृत हुन नसकेको कम्पनीले जनाएको छ। कतिपयले १० ले भाग गर्दा पनि भाग नजाने सेयर अंक माग गरेका कारण स्विकृत हुन नसकेको हो ।
तीन हजार जतिको सेयर रद्द हुँदा कम्पनीले के कारणले रद्द भयो भनेर जानकारी नै नदिएको र बिचमा सच्चाउने अवसर नदिएको पिडीतले गुनासो गरेका छन । आफुँले परिवारको समेत सेयर आवेदन गरेकोमा सबैको चेक रद्द भएकोले सेयर बाँडफाँडमा नपर्दा चेक सच्चाउनका लागि कुनै जानकारी नदिएको खानीगाउँका खिलप्रसाद कुवँरले गुनासो गरे । ‘समयमा नै चेक सच्चाउन सुचना दिएको भए हामी पनि बाँडफाँडमा सहभागि हुन सक्थ्यौ’ उनले भने ‘कति सेयर प¥यो भनेर बुझ्न जाँदा रद्द भएको खबर पायौ’ उनले यस अघि नै सुचना नदिनु कम्पनीको गल्ती भएको बताए । कम्पनीले कुस्माबजारमा केही आवेदकलाई भने चेक नमिलेको भनेर सच्चाउन फोन मार्फत सम्पर्क समेत गरेको थियो ।
आबेदन गर्दा चेक र अन्य बिबरण मिलाउने दायित्व आवेदक स्वयमको हुने कम्पनीका सञ्चालक उपेन्द्र गौतमले बताए । मुलुकका कुनै पनि संस्थामा सेयर आवेदकलाई आफ्नो बिबरण सच्चाउने सुबिधा नहुने गौतमले बताए । तर कम्पनीले संभब भए सम्म सच्चाएर पठाउने प्रयास गरेको थियो । ‘हामीले धेरै जनाको सच्चाउनका लागि समय पनि दिएका हौ’ उनले भने –‘संभब नै नभएकाहरुको आबेदन स्विकृत नभएको हो’
कम्पनीले आयोजना प्रभावित पर्वतका बासिन्दाका लागि गएको भदौ २६ गते देखि असोज ८ गते सम्म ११ लाख ५० हजार कित्ता सेयर आवेदन माग गरेकोमा १ करोड ७३ करोड कित्ता शेयर आबेदन परेको थियो । कम्पनीले माग गरे भन्दा १५ गुणा बढी सेयर आबेदन भएका थिए । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले ११ करोड ५० लाख रुपैयाको शेयर आबेदन भएकोमा १ अर्ब ७३ करोड आबेदन संकलन भएको थियो । कम्पनीले कार्तिक २४ गते देखि सेयर बाँडफाँड बितरण गरिरहेको छ।
अहिले खुला गरिएको सेयर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्युत् आयोजनासमेतका लागि हिस्सेदार हुने कम्पनीले जनाएको छ । निर्माणको तयारी भएको साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजना सहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर खुला थियो ।युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे १० मेगावाटको दोस्रो जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसअघि २०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव मूल्यांकन सुरु गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना सुरु गर्न लागेको जनाएको छ । दोस्रो आयोजनाका लागि सम्पूर्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो ।
समाप्त
यु

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ