धार्मिक र पर्यटकीय महत्वको शिला शालिग्राम संकटमा

sdc16247

पर्वत /पर्वत, गुल्मी र स्याङ्जाको सीमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व संकटमा पर्न थालेको छ । गत वर्षमा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व संकटमा परेको हो ।
भगवान विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक पाँच सयभन्दा बढीको संख्यामा तीर्थालुहरु आउने गरेकामा शिलाको परिक्रमा गर्न नपाएपछि तीर्थालुको संख्या ह्वात्तै घटेको छ । चितवन, नवलपरासी लगायतका जिल्लाबाट दैनिक सयौँको संख्यामा शैक्षिक भ्रमणमा आउने विद्यार्थी तथा अन्य तीर्थालुले समेत शिलाको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् ।
सुनेकै भरमा शिला शालिग्रामको दर्शन गर्न आएका नवलपरासीको खैरेनी माविमा कक्षा १० मा पढ्ने अनिष चौधरी गुनासो गर्छन्, ‘शिला शालिग्रामको चर्चा अनुसारको व्यवस्था रहेनछ, यसको तत्काल उचित व्यवस्थापन हुनु जरुरी छ ।’
पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगन्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत साल श्रावण १२ गतेको भत्काएपछि अहिले यहाँ पर्यटकहरु आउनै डराउने गरेको शिलाका पुजारी भगवान हरि पराजुलीले जानकारी दिए ।
‘अघिल्लो वर्षातमा पनि परिक्रमास्थल केही भत्किएको थियो । उक्त समयमा बाँस तेस्र्याएर अल्पकालीन समस्या समाधान गरियो ।’ उनी भन्छन्, ‘तर यस वर्षको शिला डुबाउने गरि आएको बाढीले परिक्रमा गर्नै नमिल्ने बनाएको छ । परिक्रमा स्थलमा थप सुरक्षा नहुँदा ज्यान पनि जोखिममा पर्ने गरेको छ ।’
उक्त शिलाको व्यवस्थापन तथा सुरक्षाको जिम्मा भने कालीगण्डकी ए जलविद्युत परियोजनाले लिएको उनले बताए । शिला जोखिममा परेपछि त्यसको सुरक्षाको लागि परियोजनालाई जानकारी गराईसकिएको तर हालसम्म पनि सुनुवाई नभएको उनले बताए । भत्किएको शिला परिक्रमा मार्ग मर्मतका लागि बजेट माग गर्दा परियोजनाले शिलालाई छाडेर केही परदेखि रेलिङ्गसहितको दीर्घकालीन परिक्रमास्थल बनाउने आश्वासन दिएको उनको भनाई छ ।
शिला संरक्षण समितिले पनि मर्मत तथा व्यवस्थापनमा सक्रियता नदेखाएको स्थानीयको गुनासो रहेको छ । पर्वत सरौँखोलाका खगेन्द्र तिवारीको संयोजकत्वमा स्याङ्गजा र गुल्मी जिल्लाका व्यक्ति समितिमा रहेतापनि शिला संरक्षणको लागि कुनै सक्रियता नअपनाएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।
शिलाको दर्शनका लागि नेपालभित्रैका पर्यटकसँगै भारत तथा अन्य देशहरुबाट समेत हिन्दूमार्गीहरु आउने गरेका छन् ।
समाप्त कार्तिक २५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई