पर्बत अस्पतालमा औषधी अभाव, सहज हुन दुई साता लाग्ने

hospital-parbat
पर्वत /जिल्ला अस्पताल पर्बतमा औषधी अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निशुल्क वितरण गर्ने औषधी पर्बतमा अभाव भएको हो । पर्बतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो जस्ता अति आवश्यक औषधी समेत अभाव भएको जिल्ला अस्पताल पर्बतले जनाएको छ ।
जिल्ला अस्पताल स्रोतका अनुसार पर्बतमा हाल १७ किसिमका औषधी अस्पतालमा नरहेको जानकारी दिनुभयो । उहाले भएका औषधी समेत प्रयाप्त रहेको छैन । सरकारले ७० किसिमका औषधी निशुल्क वितरण गर्ने जनाए पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्बतले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत ५८ किसिमका र स्वास्थ्य चौकी मार्फत ३५ किसिमका औषधी वितरण गर्दै आएको छ । पर्बतमा दुई प्राथामिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ चौकी रहेका छन् ।
जिल्ला अस्पताल पर्बतमा हाल दममा प्रयोग हुने औषधी साईलब्युटामोल ४ एमजि, दुखाई कम गर्ने आईब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट २ सय ५० र ५ सय एमजि, बिषेशगरी बच्चालाई ज्बरो आउँदा खुबाउने ज्बरोको झोल औषधी लगायतका औषधीको अभाब भएको छ ।
त्यसै गरी आँखामा प्रयोग हुने झोल औषधी, एनटिभाईटिक औषधी र बिषेशगरी बिरामीको लागि बढी मात्रामा प्रयोग हुने सल्लाईनको पनि अभाब रहेको अस्पतालले जनाएको छ । त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधी केहि मात्रै स्टक रहेको छ । भिटामिन बि कम्प्लेक्स, जीवन जल, जुकाको औषधी पनि प्रयाप्त नभएको कार्यालयले जनाएको छ ।
मौज्दात नरहेपनि औषधीको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ। गत बर्ष टेण्डर आहाब्वान गरेर फाल्गुनमा ७० प्रकारका औषधी खरिद गरेको छ । स्वास्थ्य संस्थामा औषधी भएका कारण सरकारले सर्वसाधरणले निशुल्क वितरण गर्ने औषधी समेत निजी औषधी पसलबाट किनेर खान बाध्य भएका छन् । यसअघि पनि पर्बतमा पटक–पटक औषधी अभाव हुँदै आएको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. फडिन्द्र बरालले अब औषधी अभाब नहुने बताउनुभयो । अस्पतालले औषधी खरिद प्रकृया अन्तिम चरणमा पुगेकोले अभाब हुन नदिने बताउनुभयो ।
समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी