पोखराको हङकङ बजारमा आगलागी हुँदा २९ पसल जले, ५ करोडको क्षति

pokhara-aaglagi-2पोखरा । पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ ।

हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ । नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए । ती सबै जलेर नष्ट भएका छन् । अर्को नजिककैको व्लकमा तरकारी लगायतका सटरहरु थिए । त्यहाँ पनि आंशिक क्षति भएको हो ।

आगलागी समयमा नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवसायीले बताएका छन्  राति साढे १० बजे सटर नम्बर ९६ ‘बि’ मा रहेको मोवाइल पसलबाट सुरु भएको आगो मध्य रात करीब २ बजेमात्र नियन्त्रणमा आएको थियो ।

आगलागी सुरु भएलगत्तै दमकललाई खबर गरिएपनि ढिलागरी मात्र दमकल आएको ब्यबसायीले बताएका छन् ।  फोन गरेर दमकललाई खबर गरेपनि नआएपछि ब्यबसायी आफै ट्याक्सीमा गएर दमकल ल्याउनुपरेको थियो ।

दमकल कहाँ हुन्छ समेत थाहा नपाएका व्यवसायीहरु आत्तिएर नजिकैको गण्डकी मेडिकल कलेज पनि पुगेको सुरक्षा गार्डले बताएका छन् । दमकल आउन आधा घण्टा भन्दा बढी ढिला गर्दा क्षति धेरै भएको ब्यबसायी सोमलाल विश्वकर्माले बताए ।

सशस्त्र प्रहरीको कालिका गणको अग्नी नियन्त्रक टोली, वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेनाको फुलवारी व्यारेकको टोलीले स्थानिय सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

हङकङ बजार पोखरा उपमहानगरपालिकाले फुटपाथका व्यापार हटाएर साना ब्यापारीहरुका लागि स्थापना गरेको बजार हो । चार वर्षअघी स्थापित यो बजार पछिल्लो क्रममा राम्रो ब्यापार गर्ने बजारका रुपमा चर्चित छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो