तेल बनाएर रक्तचन्दन तस्करी

नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुई जना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो।

प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएको समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तेल बरामद भएको छ । प्रहरीका अनुसार अभियुक्तले रक्तचन्दनको तेल बनाएर भारतबाट चीनतर्फ तस्करी गर्न लागेका हुन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’