परिक्षामा नयाँ नियम, परिक्षा दिएका बिषयको मात्रै प्रमाणपत्र

कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।
मन्त्रालयका सहसचिव डा. हरि लम्सालले विद्यार्थीले परीक्षा दिएको विषयको मात्र प्रमाणपत्र पाउनुपर्दछ र यस्तो अभ्यास विश्वमा भएको बताउँदै भने,‘यसका बारेमा कानुनमा व्याख्या हुनेछ।’

विद्यार्थीलाई कुनै विषयमा उत्तीर्ण भएको प्रमाणपत्र चाहिएमा ती विषयको मात्र परीक्षामा सम्मिलित भइ प्राप्ताङ्क उल्लेख भएको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्नेछ । २०५९ सालमा शिक्षा नियमावली संशोधन गर्दा कक्षा ८ मा विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाइज पास सिस्टम) अवलम्बन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो । तर यो व्यवस्था लागू भने हुन सकेन । कतिपय मुलुकमा तोकिएका मुख्य विषयमा उत्तीर्ण भए पुग्ने तर अन्य विषयमा अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको भनी प्रमाणपत्र दिने अभ्यास रहेको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ।

मन्त्रालयका सहसचिव डा. लम्सालले तोकिएका निश्चित विषयमा उत्तीर्ण भएपछि ती तह उत्तीर्ण भएको भनी प्रमाणपत्र दिनका लागि समस्या नहुने बताउँदै थपे, ‘तर यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन त्यति सहज छैन।’

केही वर्षअघि एसएलसी परीक्षा सुधारसम्बन्धी सुझाव दिन गठित कार्यदलले एसएलसी परीक्षामा अनुत्तीर्ण हुनेको दर घटाउन अनिवार्य पाँच विषयमा उत्तीर्ण भएका विद्यार्थीलाई उत्तीर्ण भएको प्रमाणपत्र दिनुपर्ने सिफारिस गरेको थियो । भारतको उत्तर प्रदेशलगायत बोर्डमा यस्तो प्रचलनमा छ ।

एसएसडीपीले कक्षा ८, १० र १२ मा लेटर ग्रेडिङ पद्धति अनुरूप विद्यार्थीको मूल्याङ्कन गरिने योजना ल्याएको छ । एसएलसी परीक्षामा लेटर ग्रेडिङ लागू गरिसकिएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सूर्यप्रसाद गौतमले कक्षा ८ र १२ मा लेटर ग्रेडिङ पद्धति लागू गर्न एसएसडीपीले बाटो खुला गरेको बताउँदै भने, “अब पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव ल्याउनुपर्दछ । ” एसएसडीपीले कक्षा ८ मा स्थानीय तहस्तरमा, कक्षा १० मा प्रदेशस्तरमा र कक्षा १२ मा सङ्घस्तरमा अन्तिम परीक्षा हुने प्रस्ट गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम