केन्द्र राख्न माग गर्दै भएको प्रर्दशनका कारण गुल्मीको रिडीबजार तनाबग्रस्त
स्थानीय तहको पुनसंरचना गर्ने क्रममा ल्मीको ५ नम्वर ईलाकाको केन्द्र रिडीमै राख्नुपर्ने माग गर्दै प्रर्दशन भएपछि रिडीबजार दिनभर तनाबग्रस्त बनेको छ।
केन्द्र राख्न माग गर्दै रिडीबजारका बासिन्दाले गरेको बन्द खुलाउन प्रहरीले बल प्रयोग गरेपछि स्थानिय र प्रहरीका बिचमा दिनभर झडप भएको छ। झडपका कारण रिडीबजार तनाबग्रस्त भएको छ।
प्रहरीले बन्द खुलाउन माइकिङ्ग गर्दैै अबरोध हटाएपछि स्थानियबासीले ढुंगुमुढा सुरु गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्याँस हानेको प्रहरी निरीक्षक केशब भट्टराईले जानकारी दिए । झmडपका क्रममा केही प्रहरी र प्रर्दशनकारी समेत घाइते भएका छन । झडपमा रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव भट्टराई , एक जना प्रहरी जवान र एक जना आन्दोनकारी सहित तिन जना घाईते भएको जनाईएको छ ।
स्थिती रिडी प्रहरी वलको क्षमता भन्दा बाहिर जान थाले पछि जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालको नेतृत्वमा थप वल पठाएको जनाईको छ ।
उत्तर वाग्लुङ्गको समेत प्रवेशद्धार भएकोले दुई जिल्लाका जनता रिडी बन्दबाट नराम्ररी प्रभावित भएका छन् । रुरु क्षेत्र गाउँपालिका नामकरण गरिए पनि केन्द्र भने माथी घिउवेशीमा राखिएको विरोधमा रिडीवासी आन्दोलित भएका हुन् । रुरु क्षेत्र देशका चारधाम मध्ये एक धाम मानिन्छ । गुल्मीको जुभुङ्ग र वलिथुमका जनता ४ नम्वर ईलाकाले आफुहरु सहित चार नम्वर ईलाका भित्र स्थानिय निकाय हुनु पर्छ भन्दै आन्दोलनमा उत्रको भ्रम छर्दै आफ्नो स्वार्थ लिन खोजेको भन्दै उनिहरु विरुद्ध आक्रोषित भएका छन । वलिथुमका सयौ जनता आज जिल्ला विकास समितिको गेट अगाडी धर्ना दिन आई नारावाजी गर्दै विरोध जनाएको थिए ।