पर्वतमा स्थानिय तह निर्धारणमा ढिलाई, निर्णयमा पुग्न नसकेपछि साँसद गुहारे

14971220_932577110208856_1007954660_n
पर्वत/स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति सकिएपनि पर्वतमा निर्धारणको काम सम्पन्न हुन सकेको छैन । आयोगले कार्तिक २३ गते भित्र प्रतिबेदन बुझाउने समय तोकेपनि पर्वतमा दलहरुका बिचमा सहमति कायम हुन नसकेपछि अन्तिम निर्णयका लागि जिल्लाका साँसदहरु संग परामर्श गर्ने सहमितमा पुगेका छन ।
जिल्ला बिकास समिति पर्वतले आब्हन गरेको सर्बदलीय बैठकमा दलहरुका बिचमा स्थानिय निकाय निर्धारणका बिषयमा तिब्र बिबाद भएपछि साँसदहरुको परार्मश पछि अन्तिम टुंगोमा पुग्ने सहमति भएको हो । साँसदहरुको उपस्थितिमा मात्रै टुंगोमा पुग्ने सहमति भएपछि पर्वतमा स्थानिय तह निर्धारण गर्न अझै हप्ता दिन कुर्नुपर्ने भएको छ।
दलहरुका बिचमा स्थानिय तह निर्धारणका लागि सहमति नभएपछि साँसदहरुको राय लिने निर्णय भएको स्थानिय बिकास अधिकारी एब स्थानिय निकाय निर्धारण प्राबिधीक समितिका संयोजक युबराज पौडेलले जानकारी दिए । ‘संख्या यकिन गर्नका लागि दलहरुका बिचमा सहमति हुन सकेन’ उनले भने‘माननीयहरु ज्यूको उपस्थितिमा निर्णयमा पुग्न हप्ता दिन लाग्न सक्छ’
राजनैतिक दलहरुको मंगलबार भएको बैठकमा ६ वटा बनाउने वा आयोगले तोके अनुसार ७ वटा सिफारिस गर्ने भन्ने बिषयमा छलफल भएपनि टुंगोमा पुग्न सकेन । केही दलहरु ८ वटा बनाउने पर्ने अडानमा देखिएका थिए भने केही दलहरु परानै संरचना अनुसार १० वटा इलाकालाई स्थानिय निकाय बनाउनुपर्ने सुझाब दिएका थिए । सबैको सहमति हुन नसकेपछि जनप्रतिनिधीहरुको राय लिने सहमति भएको नेकपा(एमाले)का उपाध्यक्ष भक्त कुवँरले जानकारी दिए ।
जिल्ला बिकास समितिमा केही दिन पहिले बसेको सर्बदलीय बैठकले स्थानिय तहको संख्या निर्धारण गर्नुपुर्ब पर्वतका आठ स्थानमा जनताको राय बुभ्ने निर्णय गरेको थियो । सदरुमकाम कुस्मा, मिलनचोक, डिमुवा, कार्किनेटा, लुंखु, फलेबास, वहाकी र हुवासमा स्थानियबासीले आफुँ कहाँ बस्न चाहन्छन भन्ने धारणा बुझ्ने निर्णय भएपनि समय अभाबले काम हुन नसकेको स्थानिय बिकास अधिकारी युबराज पौडेलले जानकारी दिए । ‘निर्णय गर्नुपुर्ब जनताको राय बुझ्ने निर्णय भएको थियो’ उनले भने ‘जनताले दिएको रायका आधारमा स्थानिय तहको निर्णयमा पुग्दा सहज हुने थियो तर समय अपुग हुन पुग्यो’
स्थानिय तह पुर्नसंरचना आयोगले पर्वतका लागि न्युनतम ४ र अधिकतम ७ वटा स्थानिय निकाय सिफारिस गर्न संख्या तोकेको हो । पर्वत जिल्लामा यस अघि समिति ६ वटा र राजनैतिक दलले ७ वटा स्थानिय निकाय सिफारिस गरेका थिए । मुलुकभर भने न्यूनतम सीमा ५ सय ७ र अधिकतम सीमा ७ सय ४४ संख्या तोकेको छ । आयोगले जिल्ला प्राविधिक समितिहरुलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन भनेको थियो । 15032565_932577070208860_413712370_n
यस अघि पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिले सिफारिस गरेको थियो भने दलहरुले थप एक गरि ७ स्थानिय निकाय सिफारिस गरेका थिए । सिफारिस गरिएका ७ वटा गाउँ पालिकाको भूगोल भने नमिलेको भन्दै चौतर्फी बिरोध भएको थियो । समितिले नयाँ भूगोल र संरचना सहित ७ वटा स्थानिय निकाय सिफारिस गर्ने भएकाले यतिबेला निर्णय गर्न निक्कै कठिन हुने देखिएको छ। उत्तर तर्फ मिलनचोक र डिमुवा केन्द्र रहने गरी गाउँपालिका बनाउने कुरामा कुनै समस्या नदेखिएपनि दक्षिण तर्फ कार्किनेटा, लुंखु, हुवास, वहाकी, फलेबासमा केन्द्र राख्नेगरी गाउँपालिका सिफारिस गर्न आ आफ्नो ठाउँबाट लबिङ्ग चलिरहेको छ। कुस्मा नगरपालिकामा थप गाबिसहरु थप्ने कुरामा समेत स्थानिय तहमा सहमति छैन । यस अघि आर्थरडाडाँखर्क, ठुलीपोखरी र खौलालाँकुरी गाबिसलाई नगरपालिकामा गाभ्ने निर्णयको स्थानिय तहमा तिब्र बिरोध भैरहेको छ । उनीहरु आर्थर देखि भंगरा, फलामखानी सम्मको भूगोल जोडर गाउँपालिका बनाउने पक्षमा छन । कार्किनेटा, लुंखु, वहाकी, फलेबास, हुवास मध्ये कुनै एक स्थान केन्द्र बन्न नसक्ने भएकाले पनि बिबादको ब्यबस्थापन गर्न कठिन छ । स्थानिय रायका आधारमा निर्णय गर्न जनताले सुझाब दिएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना