एमाले कसैको आदेश वा निर्देशनमा तराई–मधेस आएको होइनः सत्यनारायण मण्डल

 

नेकपा (एमाले) प्रदेश नम्बर दुईका संयोजकसमेत रहेका एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल एमालेलाई तराई झर्न कसैको निर्देशन वा आदेश आवश्यक नभएको दाबी गर्छन् । तराईमा एमाले हरायो भन्ने झुट्टा आरोप भएको भन्दै उनले आगामी निर्वाचनमा एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने दाबी गरे । मण्डलसँग पहिलो न्युज डटकमले गरेको कुराकानीः

एमाले तराई–मधेस अभियान लिएर तराई झरेको हो ?

प्रदेश नम्बर दुईले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन हामीले शीर्ष नेताहरुलाई आमन्त्रण गरेका थियौँ । त्यही अनुरुप नै एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, एमाले विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईसहित अन्य नेताहरु धनुषा आउनु भएको हो । हामीले दुई नम्बर प्रदेशका अन्य दलका नेताहरुलाई पनि यो कार्यक्रममा निमन्त्रणा गरेका थियौँ । व्यापारी र अन्य गन्यमान्यलाई पनि हामीले निमन्त्रणा गरेका थियौँ ।

अर्को कुरा विगत केही वर्षदेखि जातियताका नाममा हाम्रो देशलाई निकै कमजोर बनाउने काम भैरहेको छ । यस्तो अवस्थामा यस्ता चाडपर्वले सबैलाई एकै स्थानमा भेला हुने र संस्कृतिको आदन–प्रदान गर्ने कुरालाई पनि सहयोग पुग्ने भएकाले हामीले कार्यक्रम गरेको हो । जातियताका नाममा खलबलिएको सामाजिक सद्भावलाई पनि यस्ता कार्यक्रमले केही हदसम्म न्यूनिकरण गर्ने हामीले आशा लिएका छौँ ।

धनुषामा गरेको चियापान कार्यक्रम तराई–मधेसमा एमाले कमजोर छैन भन्ने सन्देश दिनका लागि पनि हो भन्ने छ नि ?

त्यो पनि हो, अहिले केही निर्देशित व्यक्तिहरुले तराई–मधेसमा एमाले कमजोर छ भनेर आरोप लगाउने गरेका छन् । त्यति मात्र होइन एमालेका सबै नेता मधेस विरोधी हुन् भन्नेसम्मको भ्रम फैलाउने काम भएको छ । त्यस्ता नाजायज हल्ला फैलाएर तराईमा एमाले छँदैछैन भन्ने कुतर्क गर्नेहरुलाई एमाले कमजोर छैन भन्ने देखाउनका लागि पनि यो कार्यक्रम गरेका हौँ । मुलुकको सम्बृद्धि, मधेसको हित, तराई–मधेसको विकास जस्ता कुरामा एमाले जहिले पनि तराई–मधेसका जनतासँग छ भन्ने सन्देश दिनका लागि पनि एमाले प्रदेश नम्बर दुईले यस्तो कार्यक्रम राखेको हो ।

एमाले तराई–मधेसका जनतालाई हाम्रो शत्रु यहाँका राजनीतिक दल होइनन्, तराई–मधेसमा देखिएको पछौटेपन हो भन्ने सन्देश दिन चाहन्छ । एमालेको चार महिने अभियानको उदेश्य पनि यही हो । एमालेको चार महिने अभियानको सुरुवात हामीले गरिसकेका छौँ । अब यो निरन्तर अघि बढ्छ ।

चियापान कार्यक्रममा एमालेका शीर्ष नेताहरुले मैथिली, भोजपुरी , अबधी, नेपालीलगायतका भाषामा सम्बोधन गर्नुभएको थियो । उहाँहरुले सबै भाषा बोल्ने नेपाली एक होऔँ भन्ने सन्देशका लागि त्यसो गर्नुभएको हो ?

हो, अहिले मधेसी मोर्चाका केही साथीहरुले एमाले मधेस विरोधी भएको हल्ला फैलाएका छन् । हामी त्यसो होइन भन्ने सन्देश दिन चाहन्छौँ । त्यही भएर हाम्रा शीर्ष नेताहरुले विभिन्न भाषामा सम्बोधन गर्नुभएको हो । साँस्कृतिक कार्यक्रम पनि हामीले विभिन्न भाषा र भेषभुषामा सम्पन्न गर्न सफल भयौँ ।

अझ, रोचकको कुरा त के छ भने हाम्रा नेताहरु माधव नेपाल, ईश्वर पोख्रेललगायतले लामो समय भूमिगत जीवन यही क्षेत्रमा विताउनु भएको हो । उहाँहरुले हाम्रो भन्दा राम्रो भोपुरा र मैथिली बोल्नु हुँदोरहेछ । त्यहाँ उपस्थित सबैले निकै प्रशंषा समेत गरे । उहाँहरुले यही भूमिमा बसेर किसान आन्दोलन हाँक्नु भएको थियो । कम्युनिष्ट आन्दोलनलाई पनि उहाँहरुले यही ठाउँबाट माथि उठाउनु भएको थियो । हिजोको कार्यक्रममा यस भूमिका जनताले नेताको भावना बुझ्नु भयो । मलाई पनि गौरव लागेको छ ।

मधेसवादी नेताहरु पटक–पटक मन्त्री भए । तर, उनीहरुले मधेसी जनताका लागि के–गरे ? हामीले कार्यक्रममार्फत यही सन्देश जनतालाई दिन चाहेका थियौँ । मधेसमा एमाले लोकप्रिय हुन्छ भन्ने डरले केही नेताहरुले हामीलाई कार्यक्रम गर्न नदिने, भाँड्नेसम्मका हर्कत गर्ने तयारी गरेका थिए । तर, उनीहरुका सबै प्रयास असफल भए । धेरैले एमाले मधेसबाट हरायो अब छिर्नै सक्दैन भन्दै थिए । हामीले एमालेले मधेसमा छिर्न कसैको आदेश लिनु पर्दैन भन्ने सन्देश हिजो दियौँ । एमाले कसैको आदेश र निर्देशनमा चल्ने पार्टी होइन ।

भनेपछि, एमालेले बिहीबार धनुषामा गरेको कार्यक्रम शक्ति प्रदर्शन हो ?

शुभकामना कार्यक्रम भएकाले हामीले त्यसलाई शक्ति प्रदर्शनका रुपमा त लिएका छैनौँ । तर, बुझ्नेहरुले चाहिँ त्यसैगरी बुझेका छन् । निकै ठूलो विरोधको सामना गर्दै भारतीय राष्ट्रपति प्रणब मुखर्जीको जनकपुर भ्रमणलाई पनि ख्याल गरेर कार्यक्रम सम्पन्न गर्न सफल भयौँ । मधेसी जनताको हितमा काम गर्ने पार्टी एमाले बाहेक कुनै छैन । हामी तराईमा त्यो सन्देश दिन चाहन्छौँ । तराईका जनताको हितमा काम गर्ने पार्टी भएपछि तराईमा एमाले कमजोर बन्ने कुनै सम्भाबना नै छैन । हामीले यसरी बुझेका छौँ । तर, केहीले यसलाई शक्तिप्रदर्शनका रुपमा बुझे भने पनि हामीलाई कुनै समस्या छैन ।

एमाले कस्तो सन्देश लिएर तराईबाट फर्किन्छ ?

एमालेले चार महिने अभियान नै अघि बढाएको छ । अब यो चार महिनामा एमाले तराईका सबै जिल्लामा पुग्छ । त्यहाँका पार्टी संगठन र कमिटीसँग छलफल गरेर अघि बढ्छ । एमालेलाई लगाएका आरोप र भ्रमहरुलाई चिर्दै आगामी निर्वाचनमा एमालेलाई देशभरी र तराईबाट पनि बहुमतसहितको पहिलो पार्टी बनाउछौँ, यो हाम्रो अठोट हो । मधेसवादी नेताहरु आफ्नो जमिनदारी रबैयालाई अनन्तः कालसम्म स्थापित गर्न चाहन्छन् । एमाले त्यसको विरोधमा छ । कम्युनिष्ट पार्टीको जग नै तराई भएकाले एमाले तराईमा कहिल्यै कमजोर बन्ने छैन । ठूला–ठूला किसान आन्दोलन पनि तराईबाटै सुरु भएका हुन् । दासप्रथा तोड्ने अभियान पनि तराईबाटै सुरु भएको हो । त्यसैले केही मुठ्ठीभरका जमिन्दारले एमालेलाई बद्नाम गर्दैमा एमाले तराईमा कमजोर हुँदैन ।एमाले कसैको आदेश वा निर्देशनमा तराई–मधेस आएको होइनः सत्यनारायण मण्डल
703

695

8

नेकपा (एमाले) प्रदेश नम्बर दुईका संयोजकसमेत रहेका एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल एमालेलाई तराई झर्न कसैको निर्देशन वा आदेश आवश्यक नभएको दाबी गर्छन् । तराईमा एमाले हरायो भन्ने झुट्टा आरोप भएको भन्दै उनले आगामी निर्वाचनमा एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने दाबी गरे । मण्डलसँग पहिलो न्युज डटकमले गरेको कुराकानीः

एमाले तराई–मधेस अभियान लिएर तराई झरेको हो ?

प्रदेश नम्बर दुईले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन हामीले शीर्ष नेताहरुलाई आमन्त्रण गरेका थियौँ । त्यही अनुरुप नै एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, एमाले विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईसहित अन्य नेताहरु धनुषा आउनु भएको हो । हामीले दुई नम्बर प्रदेशका अन्य दलका नेताहरुलाई पनि यो कार्यक्रममा निमन्त्रणा गरेका थियौँ । व्यापारी र अन्य गन्यमान्यलाई पनि हामीले निमन्त्रणा गरेका थियौँ ।

अर्को कुरा विगत केही वर्षदेखि जातियताका नाममा हाम्रो देशलाई निकै कमजोर बनाउने काम भैरहेको छ । यस्तो अवस्थामा यस्ता चाडपर्वले सबैलाई एकै स्थानमा भेला हुने र संस्कृतिको आदन–प्रदान गर्ने कुरालाई पनि सहयोग पुग्ने भएकाले हामीले कार्यक्रम गरेको हो । जातियताका नाममा खलबलिएको सामाजिक सद्भावलाई पनि यस्ता कार्यक्रमले केही हदसम्म न्यूनिकरण गर्ने हामीले आशा लिएका छौँ ।

धनुषामा गरेको चियापान कार्यक्रम तराई–मधेसमा एमाले कमजोर छैन भन्ने सन्देश दिनका लागि पनि हो भन्ने छ नि ?

त्यो पनि हो, अहिले केही निर्देशित व्यक्तिहरुले तराई–मधेसमा एमाले कमजोर छ भनेर आरोप लगाउने गरेका छन् । त्यति मात्र होइन एमालेका सबै नेता मधेस विरोधी हुन् भन्नेसम्मको भ्रम फैलाउने काम भएको छ । त्यस्ता नाजायज हल्ला फैलाएर तराईमा एमाले छँदैछैन भन्ने कुतर्क गर्नेहरुलाई एमाले कमजोर छैन भन्ने देखाउनका लागि पनि यो कार्यक्रम गरेका हौँ । मुलुकको सम्बृद्धि, मधेसको हित, तराई–मधेसको विकास जस्ता कुरामा एमाले जहिले पनि तराई–मधेसका जनतासँग छ भन्ने सन्देश दिनका लागि पनि एमाले प्रदेश नम्बर दुईले यस्तो कार्यक्रम राखेको हो ।

एमाले तराई–मधेसका जनतालाई हाम्रो शत्रु यहाँका राजनीतिक दल होइनन्, तराई–मधेसमा देखिएको पछौटेपन हो भन्ने सन्देश दिन चाहन्छ । एमालेको चार महिने अभियानको उदेश्य पनि यही हो । एमालेको चार महिने अभियानको सुरुवात हामीले गरिसकेका छौँ । अब यो निरन्तर अघि बढ्छ ।

चियापान कार्यक्रममा एमालेका शीर्ष नेताहरुले मैथिली, भोजपुरी , अबधी, नेपालीलगायतका भाषामा सम्बोधन गर्नुभएको थियो । उहाँहरुले सबै भाषा बोल्ने नेपाली एक होऔँ भन्ने सन्देशका लागि त्यसो गर्नुभएको हो ?

हो, अहिले मधेसी मोर्चाका केही साथीहरुले एमाले मधेस विरोधी भएको हल्ला फैलाएका छन् । हामी त्यसो होइन भन्ने सन्देश दिन चाहन्छौँ । त्यही भएर हाम्रा शीर्ष नेताहरुले विभिन्न भाषामा सम्बोधन गर्नुभएको हो । साँस्कृतिक कार्यक्रम पनि हामीले विभिन्न भाषा र भेषभुषामा सम्पन्न गर्न सफल भयौँ ।

अझ, रोचकको कुरा त के छ भने हाम्रा नेताहरु माधव नेपाल, ईश्वर पोख्रेललगायतले लामो समय भूमिगत जीवन यही क्षेत्रमा विताउनु भएको हो । उहाँहरुले हाम्रो भन्दा राम्रो भोपुरा र मैथिली बोल्नु हुँदोरहेछ । त्यहाँ उपस्थित सबैले निकै प्रशंषा समेत गरे । उहाँहरुले यही भूमिमा बसेर किसान आन्दोलन हाँक्नु भएको थियो । कम्युनिष्ट आन्दोलनलाई पनि उहाँहरुले यही ठाउँबाट माथि उठाउनु भएको थियो । हिजोको कार्यक्रममा यस भूमिका जनताले नेताको भावना बुझ्नु भयो । मलाई पनि गौरव लागेको छ ।

मधेसवादी नेताहरु पटक–पटक मन्त्री भए । तर, उनीहरुले मधेसी जनताका लागि के–गरे ? हामीले कार्यक्रममार्फत यही सन्देश जनतालाई दिन चाहेका थियौँ । मधेसमा एमाले लोकप्रिय हुन्छ भन्ने डरले केही नेताहरुले हामीलाई कार्यक्रम गर्न नदिने, भाँड्नेसम्मका हर्कत गर्ने तयारी गरेका थिए । तर, उनीहरुका सबै प्रयास असफल भए । धेरैले एमाले मधेसबाट हरायो अब छिर्नै सक्दैन भन्दै थिए । हामीले एमालेले मधेसमा छिर्न कसैको आदेश लिनु पर्दैन भन्ने सन्देश हिजो दियौँ । एमाले कसैको आदेश र निर्देशनमा चल्ने पार्टी होइन ।

भनेपछि, एमालेले बिहीबार धनुषामा गरेको कार्यक्रम शक्ति प्रदर्शन हो ?

शुभकामना कार्यक्रम भएकाले हामीले त्यसलाई शक्ति प्रदर्शनका रुपमा त लिएका छैनौँ । तर, बुझ्नेहरुले चाहिँ त्यसैगरी बुझेका छन् । निकै ठूलो विरोधको सामना गर्दै भारतीय राष्ट्रपति प्रणब मुखर्जीको जनकपुर भ्रमणलाई पनि ख्याल गरेर कार्यक्रम सम्पन्न गर्न सफल भयौँ । मधेसी जनताको हितमा काम गर्ने पार्टी एमाले बाहेक कुनै छैन । हामी तराईमा त्यो सन्देश दिन चाहन्छौँ । तराईका जनताको हितमा काम गर्ने पार्टी भएपछि तराईमा एमाले कमजोर बन्ने कुनै सम्भाबना नै छैन । हामीले यसरी बुझेका छौँ । तर, केहीले यसलाई शक्तिप्रदर्शनका रुपमा बुझे भने पनि हामीलाई कुनै समस्या छैन ।

एमाले कस्तो सन्देश लिएर तराईबाट फर्किन्छ ?

एमालेले चार महिने अभियान नै अघि बढाएको छ । अब यो चार महिनामा एमाले तराईका सबै जिल्लामा पुग्छ । त्यहाँका पार्टी संगठन र कमिटीसँग छलफल गरेर अघि बढ्छ । एमालेलाई लगाएका आरोप र भ्रमहरुलाई चिर्दै आगामी निर्वाचनमा एमालेलाई देशभरी र तराईबाट पनि बहुमतसहितको पहिलो पार्टी बनाउछौँ, यो हाम्रो अठोट हो । मधेसवादी नेताहरु आफ्नो जमिनदारी रबैयालाई अनन्तः कालसम्म स्थापित गर्न चाहन्छन् । एमाले त्यसको विरोधमा छ । कम्युनिष्ट पार्टीको जग नै तराई भएकाले एमाले तराईमा कहिल्यै कमजोर बन्ने छैन । ठूला–ठूला किसान आन्दोलन पनि तराईबाटै सुरु भएका हुन् । दासप्रथा तोड्ने अभियान पनि तराईबाटै सुरु भएको हो । त्यसैले केही मुठ्ठीभरका जमिन्दारले एमालेलाई बद्नाम गर्दैमा एमाले तराईमा कमजोर हुँदैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना