स्वास्थ्य र शिक्षामा भन्दा धुम्रपान र मद्यपानमा नेपालीको खर्च बढी
नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार दुई सय ३१ रुपैयाँ खर्च गर्छन् ।
ग्रामिण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान–धुम्रपानका लागि दुई हजार आठसय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ।