नेपालमा घोडा र गधाको मासु भित्रिने गरेको खुलासा

नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको समाचार आजको अन्नपूर्णपोष्टमा प्रकाशित भएको छ।

नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ ।

राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि आयात हुन्छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको १ सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयात भएको थियो ।

यस्तै अघिल्लो वर्षमा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयात भएको थियो । यसैगरी आर्थिक वर्ष २०६८र६९ मा चीनबाट २ हजार ९ सय २५ मूल्य बराबरको घोडा, गधा र खच्चडको २५ किलो मासु आयात भएको थियो।

नेपालमा आयत हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेष्टुरेन्ट, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पार्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् ।

तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा