नेपालको पछिल्लो गतिबिधीमा चीनले गम्भीर आपक्ति जनायो

सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहेरनरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।
केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकर र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको छ ।

‘नेपालको प्रतिवद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ’, सरकारी उच्च स्रोतले भन्यो,‘सरकार र शीर्ष दलका नेताका गतिविधिप्रती चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ ।’

स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ।

चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्न दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’