गुर्जाको क्वार्ज ढुङ्गाखानी उत्खनन हुन सकेन

p1380823

म्याग्दी /पश्चिम म्याग्दीको अति विकट गाविस गुर्जामा रहेको अत्यन्त महँगो ‘क्वार्ज’ नामक ढुङ्गा खानी उत्खनन हुन नसक्दा राज्यले करोडौँ रुपैयाँ गुमाउनु परेको छ । घुर्मखोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको सो खानी प्रयोगमा ल्याउन राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो ।

क्वार्ज ढुङ्गाको बजारमा अत्यधिक माग भए पनि सरकारले यहाँको खानी उत्खनन गर्न कुनै चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । हिरा, मोतीलगायतका महँगा धातुमा प्रयोग हुने क्वार्ज ढुङ्गाखानी उत्खनन भए सयौँले रोजगारी पाउनुका साथै देशले पनि वार्षिक लाखौँ राजस्व प्राप्त गर्ने स्थानीयवासीको भनाइ रहेको छ ।

गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको स्थानीय अगुवा झकप्रसाद छन्त्यालले बताउनुभयो । खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधि प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि नसकेर फर्किएका थिए ।
–ः १९ ः–

क्वार्ज नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा यसलाई प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवको आकर्षणका रूपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइए पनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो । केही वर्ष अगाडि तीन टन ढुङ्गा निकालेर बजारमा ल्याउने क्रममा प्रहरीले दरवाङमा व्यापारीलाई पक्राउ गरेर अदालतमा पेस गरेपछि उत्खननमा चासो देखाएकाहरू समेत पछाडि हटेका थिए ।

जिल्लाका विभिन्न गाविसमा तामा, स्टेल, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । प्राचीनकालमा खानी भएकै क्षेत्रमा छन्त्याल, दलितलगायतका जातजाति बसोबास गर्ने जङ्गल अहिले बस्तीमा परिणत भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका